coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ। सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिको आजको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गर्‍यो। प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए। चुँडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए।  

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुराबारे बैठकलाई ध्यानाकर्षण गराए। बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए।

प्रकाशित: २२ चैत्र २०७७ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App