६ आश्विन २०८१ आइतबार
image/svg+xml

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

१ सय ६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ। सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झण्डै एक महिनादेखी चलिरहेको भएपनि निष्कर्षमा भने पुग्न सकेको छैन।

आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए।

४७ वर्षदेखि विवादित जग्गाको फैसला

२०३२ माघ २८ मा रणबहादुर शाहको जग्गा अधिग्रहण गर्ने भन्दै वन मन्त्रालयले राजपत्रमा सूचना निकालेको थियो। त्यसपछि २०३३ माघ ३० मा सरकारले प्रतिरोपनी १५ हजार मूल्य तोकेर मुआब्जा बुझ्न शाहलाई आह्वान गरे पनि उनले रकम चित्त नबुझेको भन्दै लिन मानेनन्।

एमाले केन्द्रीय कमिटी बैठक: निर्वाचन केन्द्रित एजेण्डा तय

एमालेको केन्द्रीय कमिटी बैठक भदौं १० र ११ गते बस्दैछ। सोही बैठकमा लागि आगामी निर्वाचन केन्द्रित एजेण्डाहरु पार्टी पोलिटब्यूरो बैठकले तय गरेको सचिव योगेशकुमार भट्टराईले बताए।

एमालेसँग गठबन्धन गर्न चाहने पार्टीलाई ढोका खुला छः पृथ्वीसुब्बा गुरुङ

‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन। एमालेसँग जो–जो गठबन्धन गर्न चाहन्छ, त्यो पार्टीहरुलाई ढोका खुला छ। तर हामी के भन्दैनौ भने गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन एमाले चुनावमा हार्छ भन्ने मानसिकता चाहाँदैनौ। हामी एक्लैले चुनाव जित्नसक्छौँ। चुनाव लड्नुपर्छ। चुनौतीको सामना गर्नुपर्छ।’

बुटवलमा २ अर्बको लगानीमा आधुनिक कृषि बजार बन्दै

पशुपन्छी, फलफुल लगायतका कृषि उपजको भण्डारणका लागि वैज्ञानिक प्रविधिसहितको गोदामघर, बीउ भण्डारणका लागि छुट्टै गोदाम घर निर्माण गरीने छ। केन्द्रमा खाद्यान्न, फलफुल, तरकारी, पहुपन्छी तथा दुग्धजन्य उत्पादनको गुणस्तर नाँपजाँच तथा निर्धारणकालागि अत्याधुनिक प्रयोगशाला र प्रशोधन केन्द्र पनि निर्माण गरिने छ।

एमाले स्थायी कमिटी बैठक सुरु

आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने एमालेले जनाएको छ।

प्रतिनिधि सभा बैठक भदौ १३ गतेसम्मका लागि स्थगित

बैठक एक साताका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाकार श्रीधर न्यौपानेले जानकारी दिएका हुन्।

प्रतिनिधिसभा बैठक: बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान १० बजेका लागि बोलाइएको छ।

राष्ट्रियसभामा नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित

'विक्रम संवत २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मनु भएका प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मिति २०७९ साल भदौं ४ गते शनिबारको दिन निधन भएकोमा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ।'

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक: गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिँदै

प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो।

प्रतिनिधि सभा बैठक स्थगित,भोलि १ बजे बस्ने

संसद सचिवालयका अनुसार काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो।

माओवादीद्वारा नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय चुनावी घोषणा पत्र समिति गठन

जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौंधरी, भिमा ढुंगाना र जगत सिंखडा रहेका छन्।

माओवादीले टुंग्याउन सकेन पदाधिकारी,अर्को बैठक भोलि बस्ने

बिहीबारसम्म टुंग्याउने भनिएको पदाधिकारी शुक्रबारको बैठकले पनि चयन गर्न सकेन। अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा आकांक्षीहरु धेरै देखिएपछि अध्यक्ष प्रचण्ड दबाबमा छ।

माओवादीमा पदाधिकारी प्रस्ताव महासचिवमा देव गुरुङ

उपमहासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र गिरिराजमणि पोखरेलाई प्रस्ताव गर्ने दाहालको तयारी छ। महासचिवका दाबेदारहरू महरा, भुसाल, शर्मा, पुन र गजुरेललाई दाहालले उपाध्यक्ष र उपमहासचिवमा व्यवस्थापन गर्ने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्