१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा बैठक भदौ १३ गतेसम्मका लागि स्थगित

फाइल तस्बिर

प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ। बैठक एक साताका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाकार श्रीधर न्यौपानेले जानकारी दिएका हुन्।

बैठक अब यही भदौ १३ गते बिहान ११ बस्ने छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक आजदेखि सुरु भएका कारण प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको बताइएको छ।  

चुनाव तयारीका लागि नेकपा एमालेको स्थायी कमिटी बैठक आजदेखि सुरु हुँदै छ। एमालेले भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ।

प्रकाशित: ७ भाद्र २०७९ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App