६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रदेश परिषद् बैठकः परियोजना बैंकमा समावेश योजना मात्रै कार्यान्वयन हुने

‘प्रदेश तथा स्थानीय तहले योजना छनौट गर्दा प्रदेश र स्थानीय तहको आवधिक तथा दीर्घकालीन योजनाका आधारमा छनौट गरिनेछ,’ बैठकको निर्णयमा भनिएको छ, ‘प्रदेशले प्रदेश परियोजना बैंक र स्थानीय तहले स्थानीय परियोजना बैंक तयार गरी परियोजना बैंकमा समावेश भएका परियोजनाहरु कार्यान्वयन गरिनेछ।’

मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता हटाउनुपर्छः नारायणकाजी श्रेष्ठ

‘मैले बुझेसम्म यो आचारसंहिताको सवालमा मन्त्रीहरुले चुनाव प्रचार–प्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो। यो कुरा मिल्दैन। राजनीतिक प्रणाली चाँही बहुदलीय हुने। अनि, राजनीतिक त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने। तर, मन्त्रीहरुले चाँही चुनाव प्रचारप्रसार गर्न आफैं उम्मेदवार छ भने बाहेक अन्त नपाउने भन्ने कुरा त कमन सेन्सले मात्रै पनि मिल्दैन।'

प्रेस युनियनको बैठकमा गएकै कारण पत्रकारको जागिर खोसियो

‘आज अफिस गएर काम गर्न खोज्दा अबदेखि काममा नआउन भन्ने उर्दी जारी भयो। त्यसपछि कामै नगरी फर्किएँ,’ उनले भनिन्।

कार्यदलको बैठक: आजै शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

सिट बाँडफाँट कार्यदलको बैठक: सिट संख्या आजै सार्वजनिक गर्ने तयारी

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ।

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

न्यायपरिषद् बैठकले सर्वोच्चमा रिक्त रहेका दुई र रिक्त हुँदै गरेको एक न्यायाधीश पदका लागि तीनजनालाई सिफारिस गरेको हो।

खेत बाँझै भएपछि संकटग्रस्त घोषणा गर्न माग

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनबारे बैठकमा जानकारी गराइएको छ। यससँगै जिल्ला विपद् व्यवस्थापन समितिका यस अघि २०७९ असार १६ गते भएका निर्णयको कार्यान्वयनको अवस्थाबारे समीक्षा पनि गरिएको छ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बस्न लागेको हो।

सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा मानेनः खिमलाल भट्टराई

‘मेरो विचारमा राष्ट्रपति देशको एउटा सर्वोच्च संस्था हो। गणतन्त्रको प्रतिक हो। र राजनीतिक प्रतिद्वन्दीता भन्दा माथिको संस्था हो यो। र यो स्वरुपमा व्यक्ति भएपनि सारमा यो एउटा संस्थाको रुपमा रहेको हुन्छ। आजको सत्तापक्षले, यो गठबन्धनले, सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा व्यवहार गरिराखेको छ कि छैन? मैले हेर्दा संस्थाको रुपमा व्यवहार गरेको देखिराखेको छैन।'

बेपत्ता पारिएका व्यक्तिको छानविन विधेयक समितिमा पठाउन प्रतिनिधिसभाको स्वीकृति

कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गरेका थिए। प्रतिनिधिसभाले उक्त प्रस्ताव दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको हो।

फेरि जिल्ला न्यायाधीश बर्खास्तीमा

न्यायपरिषद् बैठकले बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्तीका लागि सिफारिस गरेको छ।

एमाले नेताहरू जिल्लातिर केन्द्रित

नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठकपछि सबै नेता जिल्ला र गाउँमा केन्द्रित हुन थालेका छन्।

हाम्रो शक्तिको स्रोत आमजनता हुन्, समूहका टाउका होइनन्ः ओली (१९ पृष्ठको राजनीतिक प्रतिवेदनसहित)

‘आज गठबन्धन दलहरु एक्लै लड्न डराइरहेका छन्। र, जसरी पाँच दलमाथि नयाँ दलहरु थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन् यसले उनीहरुको शक्ति, सामथ्र्य र मनोवललाई होइन, कमजोरी निरिहता र धरमराइरहेको आत्मविश्वासलाई प्रतिविम्बित गर्छ। हाम्रो शक्तिको स्रोत आमजनता हुन, समूहहरुका टाउकाहरु होइनन’,

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्