२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फेरि जिल्ला न्यायाधीश बर्खास्तीमा

फाइल तस्बिर

न्यायपरिषद् बैठकले बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्तीका लागि सिफारिस गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको न्यायपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। न्यायपरिषद्को सिफारिसमा न्यायपरिषद्का अध्यक्षले न्यायाधीशलाई बर्खास्त गर्न सक्छन्। न्यायपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ।  

न्यायपरिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश अधिकारीको कार्यक्षमतामा प्रश्न उठाउँदै बर्खास्ती गर्ने निर्णय भएको हो। न्यायाधीश अधिकारीमाथि उजुरी परेको र परिषद्ले छानबिन गर्दा गलत रूपमा न्याय सम्पादन गरेको भेटिएको थियो। कार्यक्षमतामा अभाव र खराब आचरणको विषयमा उनलाई सुनुवाइको मौकासमेत दिइएको थियो। उनको जवाफमा सन्तुष्ट नभएपछि परिषद्ले बर्खास्तीको निर्णय गरेको प्रवक्ता कार्कीले बताए। यसअघि परिषद्को सिफारिसमा पाँचजना न्यायाधीश पदमुक्त भइसकेका छन्।  

यसअघि परिषद्ले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश राकेशकुमार निधि, काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मा, उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी, बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाह, उच्च अदालत तुलसीपुर बुटवलकी 

प्रकाशित: १६ भाद्र २०७९ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App