६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेकपा एमाले सचिवालय बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको हो।

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

अर्थमन्त्री डा. प्रकाशरण महत राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन जानुपर्ने भएकाले आधा घन्टाको लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। आज राष्ट्रिय सभाको बैठक बिहान १०ः३० बजेबाट शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो। बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुनेछ।

बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सत्ता गठबन्धनमा छलफल

सत्तारुढ गठबन्धनको बैठकमा संसदमा आइतबार प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ।

नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण

तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ।

सरकारमा जाने-नजानेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने र सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ ।

सत्तारुढ गठबन्धन दलको बैठक जारी

सत्तारुढ गठबन्धन दलको बैठक जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सहभागिता रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस

आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

संसदीय समितिका बैठक कहिले ?

मिनी संसद् मानिने समिति गठन भएकै दिन संसद् अधिवेशन अन्त्य भएका कारण समितिका सभापतिको चयन बाँकी नै छ। संसदीय समितिमा सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यले समितिको बैठक सञ्चालन गरेर जान सकिने विकल्प भने खुला छ।

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो।

रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको सो पार्टीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्