१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले बताए।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची छ।

यस्तै गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ। त्यस्तै, आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक समेत बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

प्रकाशित: २० वैशाख २०८० ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App