प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको हो।
बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुने बताइएको छ। सो छलफल पछि केन्द्रिय समितिको छलफलको अजेन्डा तय हुनेछ।
एमालेको केन्द्रिय समिति बैठक यही बैशाख २८ देखी सुरु हुदैँछ। यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका बिषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो।
प्रकाशित: २६ वैशाख २०८० ०९:३४ मंगलबार