सत्तारुढ गठबन्धनको बैठकमा संसदमा आइतबार प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबारवाट शुरु हुने बजेट अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले बताए।उनले आइतबार बस्ने संसदको बैठकलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भएको पनि बताए।उनले निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा पनि छलफल भएको बताए।
प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताए।उनले बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको बताए।
प्रकाशित: २३ वैशाख २०८० १४:०९ शनिबार