१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारमा जाने-नजानेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

फाइल तस्वीर

सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने र सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ ।  

आज बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यसबारे निर्णय गर्ने पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।  बैठक आज ५ बजे बस्ने छ। गत सोमबार पनि रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक बसेको थियो।

 रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ । पार्टी सभापति रवि लामिछानेले उपनिर्वाचन जितेर आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए। यसबारे पार्टी सभापति लामिछानेले सोमबारकै बैठकमा ब्रिफिङ गरेका थिए। लामिछानेले केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग पनि राय मागेका थिए। त्यसपछि आन्तरिक छलफलमा जुटेको रास्वपाले आज सरकारमा जाने नजाने बारे निर्णय गर्ने बताइएकाे छ। 

यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो प्रवक्ता ढकालले जानकारी दिए।

प्रकाशित: २२ वैशाख २०८० ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App