९ मंसिर २०८१ आइतबार
image/svg+xml

कोभेन्ट्री नेपाली समाज युकेद्वारा भूकम्प पीडितलाई सहयोग

नेपालमा जन्मेर बेलायतको कोभेन्ट्रीलाई कर्म थलो बनाएका नेपालीहरूले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई विभिन्न सामग्री प्रदान गरेका छन्।

टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएकै बेला लेखा समितिले पनि त्यसमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताएकी छिन्।

सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउँछौँ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबै क्षेत्रका श्रमिकहरूलाई अनिवार्य रुपमा लागु गरिने बताएकी छिन्।

सुशासन प्रवर्द्धन एवं सेवा प्रवाह सरकारको प्राथमिकतामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन प्रवर्द्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया थालनी भएको छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताएकी छिन्।

सामाजिक सञ्जाल नियमनका लागि मस्यौदा तयार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमन र व्यवस्थानका लागि विधेयकको मस्यौदा तयार गरेको छ।

सतीशलालको घरैमा बसेको छु, अहिले पनि कुरा हुन्छ:प्रधानमन्त्री

समिति बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीमा गडबडी भएको शंका लागेको बताए।

दूरसञ्चार ऐन संशोधनको लागि ड्राफ्टको तयारी गर्दैछौँः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन, २०५३ संशोधनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताएकी छिन्।

दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।

एनसेलबारे अनर्गल प्रचार: ट्रेड युनियन

एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एनसेल जोगाउन राजनीतिक सहमति!

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै मिलेमतोमा एनसेलको स्वामित्व नेपाली नागरिकलाई हस्तान्तरण गरिएको आरोप छ।

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताइन्।

सात वर्षमै ९० अर्बले घट्यो एनसेलको सेयर मूल्य

एनसेलको सेयर खरिदबिक्री अपारदर्शी भएको भन्दै विभिन्न प्रश्न उठिरहेका बेला आजिएटाले किनेको एनसेलको सेयर मूल्य सात वर्षमा करिब ९० अर्ब रूपैयाँ घटेको छ।

एनसेलको इन्टरप्राइज भ्यालु ५३ अर्ब २० करोड

एनसेलको ८० प्रतिशत सेयरको इटरप्राइज भ्यालु करिब ४० करोड अमेरिकी डलर अर्थात ५३ अर्ब २० करोड रुपैयाँ रहेको एनसेलले दाबी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्