१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

छानबिन गर्न आयोग

सरकारले समाज कल्याण परिषदभित्रको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन पेस गर्न विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँचसदस्यीय छानबिन आयोग गठन गरेको छ।

माई नगरपालिकामा साढे ५ करोड रुपैयाँ हिनामिना, अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर

करिब ५ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको अभियोगसहित इलामको माइ नगरपालिकाका तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकाल र प्रमूख प्रशासकीय अधिकृत कालिदास ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपत्र दायर गरेको छ।

सिक्टा मूल नहर मर्मत गर्ने दायित्व हाम्रो होइन : सिटिसिई कालिका

दोस्रोपटक परीक्षणको क्रममा भत्केको सिक्टा सिँचाइ आयोजनाको मूल नहर मर्मत गर्ने दायित्व आफ्नो नभएको ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनले दाबी गरेको छ ।

निर्माण पुरा नहुँदै पटक पटक भत्कियो सिक्टा सिंचाई आयोजना (भिडियो)

राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको काम २०६३ सालबाट बाँकेमा निर्माणाधिन क्रममा छ। निर्माणको ६० प्रतिशत मात्र काम सम्पन्न हुँदा हालसम्म आयोजनाले झण्डै १५ अर्व रुपैयाँ खर्च गरिसकेको छ।

भत्केको नहर ठेकेदारले नै बनाउने हो : सरकार

परीक्षणका क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर बनाउने दायित्व ठेकेदार कम्पनीकै भएको सरकारले स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार औपचारिक रूपमा विज्ञप्ति जारी गरी बिग्रे–भत्केको नहर मर्मत गर्ने काम ठेकेदारकै भएको स्पष्ट पारेको हो । ठेकेदार कम्पनीले भत्केको नहर बनाउने दायित्व आफ्नो नभएको दाबी गरिरहेका बेला सरकारका तर्फबाट औपचारिक धारणा सार्वजनिक भएको हो।

ठूलो रकम भ्रष्टाचार

गत शनिबार ३६ लाख रुपैयाँ घूस लिएको रकमसहित भवन तथा सहरी विकास कार्यालय रूपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परे । रकम लिएर वीरगन्ज जाँदै गर्दा ठाकुरकी पत्नीलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लियोे ।

भ्रष्टाचारबारे अनुसन्धान सुरु

नाइजेरिया फुटबल संघ (एनएफएफ)ले  सहायक प्रशिक्षक सालिसु युसुफविरुद्ध लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान  सुरु गरेको जनाएको छ।

भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग

भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ।

भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको छः तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्न जनप्रतिनिधिसँग आग्रह गरेका छन्।

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ। यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन्।

ठेकेदार बचाउँदै सिँचाइ विभाग

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा ढिलासुस्ती गर्ने ठेकेदारको संरक्षणमा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय र मातहतका निकाय नै लागेको पाइएको छ।

असारे विकास : सोझै भ्रष्टाचार

असार पनि सकिन लाग्यो । यसो त यतिखेर धेरैलाई असार लागेकै छ । विशेषगरी कृषिप्रधान देशका किसानलाई बढी असार लाग्नुपर्नेमा विकासका ठेकेदारहरूलाई मात्रै अचाक्लीसँग असार लागेको छ ।

भ्रष्टाचारविरूद्ध कठाेर महाथिर : पूर्वप्रधानमन्त्री रज्जाक पक्राउ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ परेका छन्। भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उनलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।

भ्रष्टाचार भएको भन्दै वडाध्यक्ष अनशनमा

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्