२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भ्रष्टाचार भएको भन्दै वडाध्यक्ष अनशनमा

गौशाला- महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका छन्।

नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वडाध्यक्ष वरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह र १० का विकाउ दास नगरपालिका कार्यालय परिसरमै आज अपराह्न १२:१५ बजेदेखि रिले अनशनमा बसेका छन्।

नगरपालिकाका प्रमुख रामशंकर मिश्रले पनि आजै पत्रकार सम्मेलन गरी आफूले नियमसंगत सबै कामकाज गर्दै आएको, आर्थिक अनुशासनको अक्षरशः पालन गरेको र कुनै किसिमको भ्रष्टाचार नगरेको जिकिर गरे।
इ चौधरीले कानूनको परिधिभित्रै रहेर नेपाल सरकारकै आदेशानुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इञ्जिनीयरका रुपमा बसेर कामकाज गरिरहेको उनले बताए। उनले अनशनकारीसँग वार्ताका लागि आह्वान पनि गरे। रासस

 

प्रकाशित: १७ असार २०७५ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App