१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

'कर छुट गराउन सक्रिय दिप बस्न्यातको प्रस्ताव नमान्दा म भ्रष्टाचारी भएँ'

म विरुद्ध तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दिप बस्न्यात र उनको समूहको षड्यन्त्र तयार भइसकेको रहेछ। बस्न्यात र उनको समूहको नियोजित षडयन्त्रको सिकार भएपछि आज राष्ट्रसेवामा लगाउनु पर्ने मेरो समय न्यायको याचनामा खर्चिरहेको छु।... मेरो सामाजिक प्रतिष्ठामाथि जुन हमला गरिएको छ त्यसको सोधभर्ना मैले पाउँछु कि पाउँदिन, मलाई आज दुबिधा छ।

सिक्टा सिँचाइको नहर अलपत्र

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा ठेकेदारले काम नगरेपछि साउदी विकास कोषले सहयोग रोक्ने चेतावनी दिएको छ।

महिलाको नेतृत्वमा ज्यादा भ्रष्टाचार हुँदैनः अध्ययन

सार्वजनिक निकायमा महिलाको फराकिलो प्रतिनिधित्व भएका मुलुकहरुमा थोरै मात्र भ्रष्टाचार भएको अध्ययनले देखाएको छ।

भ्रष्टाचार आरोपित खड्काको राजीनामा

आर्थिक अनियमितता आरोपमा आठ महिनादेखि जिम्मेवारीविहीन नेपाल आयल निगमका कार्यकारी गोपाल खड्काले पुनः निगम फर्किने प्रयास असफल भएपछि अन्ततः बिहीबार पदबाट राजीनामा दिएका छन् । चार वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त खड्काले भ्रष्टाचारमा बदनाम भएपछि पदावधि सकिन ६ महिना बाँकी छँदै बाध्य भएर पदबाट राजीनामा दिन बाध्य भएका हुन्।

भ्रष्टाचार आरोपमा वडा अध्यक्ष निलम्वित

सेवाग्राहीलाई स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने औषधि बिक्री गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भेरीगंगा नगरपालिका–१२ का वडा अध्यक्ष निलम्वनमा परेका छन् ।

वेथितिका प्रकरण: प्रम ओलीकाे अधिकार विस्तारदेखि भ्रष्टाचारका श्रृंखला

प्रधानमन्त्री अोलीले राज्य सञ्चालनका लागि महत्वपूर्ण ठानिएका राष्ट्रिय अनुसन्धान विभाग, राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण गर्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभाग र अवैध सम्पत्तिको छानविन गर्ने सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याए ।

भ्रष्टाचार आरोपी खड्काद्वारा राजीनामा

इन्धन भण्डारणको जग्गा खरिदमा भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् ।

भ्रष्टाचार नियन्त्रणको उपाय

२०७४ साल नेपालको इतिहासमा अत्यन्त महŒवपूर्ण ऐतिहासिक वर्ष भएर बिदा भयो । २०७४ सालको वैशाख महिनाबाट स्थानीय तहको निर्वाचन प्रारम्भ भएर २०७४ असोजमा यसको तीन चरणको निर्वाचनशृङ्खला अन्त्य भयो । त्यसपछि भएको प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा हुँदै तत्तत् सभाका पदाधिकारीका साथै राष्ट्रपतिको निर्वाचन पनि यसै अवधिमा सम्पन्न भयो ।

भ्रष्टाचारमा साढे १० अर्ब बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा साढे १० अर्ब रुपैयाँ बिगो दाबी गरेर भ्रष्टाचारका मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा बसेर अनियमितता गरेको आरोपमा दुई सय ६८ जनाविरुद्ध १० अर्ब ४६ करोड ६४ लाख बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

‘भ्रष्टाचार गर्ने ब्युटिफूल होस् की ह्याण्डसम होस् कसैलाई छाडिन्न’

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि भ्रष्टाचार अन्त्यका लागि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। यातायात सिण्डिकेट बिरुद्ध खनिएको सरकार अब भ्रष्टाचार बिरुद्ध निर्मम भएर प्रस्तुत हुने उनले बताए।

शैक्षिक भ्रष्टाचारको जालो

शिक्षा मन्त्रालय, सरकार रसंसद्मा शैक्षिक नीति निर्माणमापनि यदाकदा आर्थिक प्रभावदेखिएको छ। विगतमा कुनै अमुक विद्यालय वा शैक्षिक संस्था खोल्ने, तहवृद्धि गर्ने, अनुमति दिने प्रयोजनका लागि रातारात शिक्षा ऐन, नियम पनि संशोधन भए। निजी विद्यालयसम्बन्धी नीति निर्माण गर्ने, नियमन गर्ने, कर लगाउने विषयमा छलफल हुँदा निजी विद्यालयको पक्षमा माहोल सिर्जना हुने, ल्याउन लागिएका नीति नै नआउने, नीति, नियमलाई कार्यान्वयन हुन नसक्ने किसिमले तोडमोड गरिने जस्ता कुरा पनि विगतमा देखिए।

अपराध र भ्रष्टाचार अन्त्य नभएसम्म विकास हुँदैन : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अपराध, तस्करी, अनियमितताका कारण देशको विकास हुन नसकेको उल्लेख गर्दै सुरक्षाअधिकारीलाई बदलिँदो परिवेसमा देशको विकास र समृद्धिका लागि कडाइका साथ काम गर्न निर्देशन दिएका छन् । बुधवार प्रदेश ७ को प्रदेश स्तरीय गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले गलत गर्ने कोहीलाई पनि छुट नदिने भन्दै परिणाम देखिनेगरी काम गर्न जोड दिए ।

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दामा छानविन सुरु, जेल जानसक्ने

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा उपस्थित भएका छन्।

डिआइजीहरुलाई गृहमन्त्रीको निर्देशन– भ्रष्टाचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्नुस्

गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्नेगरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुलाई निर्देशन दिएका छन्।

मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उहाँ नै भ्रष्टाचारी बनेकाे आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्