१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भ्रष्टाचारको आरोपमा डा यादव विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

'खाजा कार्यक्रम'मा ब्यापक भ्रष्टाचार

सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित अधारभूत विद्यालय खैरबोनाले शिक्षामा ८० जना विद्यार्थीको तथ्यांक बुझाएर दिवा खाजा कार्यक्रमबापत १ लाख ३३ हजार २ सय रुपैयाँ निकासा लिए ।

भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब छुट हुँदैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकास र समृद्धिका लागि भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब कुनै छुट नदिने बताएका छन्। भ्रष्टाचार, अपराध र सिण्डिकेटले विकासमा गम्भीर बाधा पु¥याएको भन्दै उनले सरकारले त्यस्ता कार्यलाई समाप्त पार्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिए।

अलमलमा अख्तियार, मैँलाउँदो भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक दशकयता भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय फड्को मार्न सकेको छैन। अख्तियार लामो समय प्रमुख आयुक्तविहीन हुनपुग्यो। २०६३ सालदेखि २०६९ सालसम्म अख्तियारमा प्रमुख आयुक्त नियुक्त भएको थिएन। अख्तियारले भ्रष्टाचार नियन्त्रणमा सुक्ष्म तहबाट अनुसन्धान गर्न असफल नै भएको छ। हरेक निकायमा हुने भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले खेलेका भूमिकाले तुलनात्मक हिसाबले गुणात्मक फड्को मार्न सकेको छैन।

भ्रष्टाचारको दलदलमा विश्वका नेता

विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खबर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खबरहरू बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने दुर्भाग्य अवश्य हो ।

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन्।  बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्डिकेटको विरुद्ध सरकार कडा रुपमा लाग्नेछ।”

‘भ्रष्टाचार नियन्त्रणका लागि सदाचार र जवाफदेहिता’

भ्रष्टाचार नियन्त्रणका लागि समाजका हरेक व्यक्तिमा सदाचार र जवाफदेहिता हुनुपर्ने यस क्षेत्रका विज्ञले जोड दिएका छन्।  ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले शुक्रबार आयोजना गरेको ‘आजको आवश्यकता : सदाचार शिक्षा र युवा/महिलाको सक्रियता’ विषयको कार्यक्रममा वक्ताले भ्रष्टाचार नियन्त्रणमा युवा र महिलाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग

भ्रष्टाचारको अभियोगमा निवर्तमान राष्ट्रपति जेल गएको केही दिनमै दक्षिण कोरियामा अर्का पूर्व राष्ट्रपतिलाई पनि भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ।

अफ्रिकी पूर्व राष्ट्रपति विरुद्ध भ्रष्टाचारको १६ आरोप

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको १६ वटा आरोपमा शुक्रबार उच्च अदालतमा उपस्थित गराएको छ।

सूचना नदिएमा भ्रष्टाचारको आशङ्का

प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना दिने कार्यमा कञ्जुस्याइँ नगर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

‘भ्रष्टाचारमा शून्य सहनशीलता ’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगको विकासमा शून्य सहनशीलता अपनाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उद्योगको विकासका लागि सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्ध हुनुपर्नेमा उनले जोड दिए।

‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब चल्नेवाला छैन’

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्। ‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,’ उनले भने।

सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको छ : डा. भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन्।

नेपालमा घटेन भ्रष्टाचार

टिआइले प्रतिवेदनमा नेपालमा ‘गत वर्षको तुलनामा केही सुधार देखिएकाले सकारात्मक’  भनेको छ । ‘त्यसो भए पनि भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले पाएको अंकले भ्रष्टाचारको स्थिति चिन्ताजनक देखाउँछ’, प्रतिवेदनमा उल्लेख छ।

भ्रष्टाचारी निरौलालाई ७ वर्ष जेल सजाय

विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भएको करिब डेढ अर्ब रुपैयाँबराबरको भ्रष्टाचार काण्डमा तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौलालाई मुख्य दोषी ठहर गर्दै सात वर्ष कैद सजाय सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्