युएईमा इरानी आक्रमण: एक नेपालीसहित तीन जनाको मृत्यु, ५८ घाइते
आक्रमणको दोस्रो बिहान सशस्त्र बलले २० वटा ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गरेको र आठवटा समुद्रमा खसेको बताएको छ। यस्तै ३११ ड्रोन नष्ट गरिए पनि २१ वटाले नागरिक लक्ष्यमा प्रहार गरेका थिए। ५४१ ड्रोनमध्ये ५०६ वटालाई रोकेर नष्ट गरिएको र ३५ वटा देश भित्र अवतरण हुँदा भौतिक क्षति भएको छ।

