४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुवै मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

दुवै मिर्गौला फेल भएका खोटाङको दिप्रुङ गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका ४८ वर्षीय कृष्ण खत्रीले सहयोगको याचना गरेका छन् । हाल उदयपुरको त्रियुगा नगरपालिका–११ मा बस्दै आएका खत्रीले दुवै मिर्गौला प्रत्यारोपणका लागि शुभेच्छुक तथा आफन्तलाई सहयोगको याचना गरेका हुन् ।

मिर्गौला प्रत्यारोपण गरिएका युवकको मृत्यु

बुधवार मुसीकोट नगरपालिका–१० साँखका अन्दाजी २६ वर्षीय लीलबहादुर घर्तीको मृत्यु भएको छ । केही महिना पहिला मिर्गौला  प्रत्यारोपण गरेका घर्तीको अत्याधिक रक्त स्रावका कारण मृत्यु भएको हो ।

मिर्गौला प्रत्यारोपण निःशुल्क

प्रत्यारोपण खर्च नभएकै कारण वर्षौंदेखि डायलसिसले जीवन धानिरहेका मिर्गौला रोगीलाई खुसीको खबर! स्वास्थ्य मन्त्रालयले मिर्गौला प्रत्यारोपण पूर्ण निःशुल्क गर्ने निर्णय लिएको छ । यसअघि डायलसिस निःशुल्क गरे पनि प्रत्यारोपणमा चर्को शुल्क लाग्ने हुँदा विपन्न रोगीले लामो समयसम्म डायलसिसको भरमा जीवन धान्नुपर्ने बाध्यता थियो।

मिर्गौला पीडितको उपचारकालागि सांगीतिक कार्यक्रम

खोटाङको खार्पा–२ की १८ वर्षीय मृगौला पीडित बीना श्रेष्ठको सहयोगार्थ साँस्कृति कार्यक्रम गरिएको छ। बिगत ६ वर्ष अघिदेखि मृगौला रोगको समस्याबाट पीडित बीनाको मृगौला प्रत्यारोपणका लागि रकम जुटाउन शनिबार भर्‍याङ नाट्य मञ्च नेपालको आयोजनामा राजधानीको राष्ट्रिय नाचघर जमलमा बृहत साँस्कृतिक कार्यक्रम गरिएको हो।

मिर्गौला पीडितको प्रश्न- भैंसी बेचेर कहिलेसम्म उपचार गरुँ ?

बाबियाचौर–३ खुम्ल्याका योगनाथ शर्माले गोठमा पालेको भैंसी बिक्री गरेर श्रीमतीको उपचारमा खर्च गरे। एक वर्षअघि ५० वर्षीया श्रीमती टीकाकुमारीको मिर्गौलामा समस्या देखिएपछि उपचारमा उनले घरमा भएको पशुचौपाया बिक्रीका साथै आफन्त र छिमेकीबाट दुई लाखभन्दा बढी ऋण लिए।

मिर्गौलापीडितको याचना

दुवै मिर्गौला फेल भएका दिक्तेल नगरपालिका– ८ बाम्राङका टंकराज राईले उपचारका लागि सहयोगको याचना गरेका छन् । दुवै मिर्गौला फेल भएपछि उपचारका लागि खर्च नहुँदा ४४ वर्षीय राईले शभेच्छुकसँग सहयोगको याचना गरेका हुन् ।

होसियार! मिर्गौला चोरले झुक्याउलान्

गोरखाका १९ वर्षे दीपक नेपाली रोजगारीका लागि पोखरा बस्थे। मजदुरी गर्दै आएका उनको साउनमा दुई नयाँ मानिससँग भेट भयो। दुबैले उनलाई उद्योगमा काम लगाइदिने भन्दै फकाए। काँचो उमेरका दीपकलाई आर्कषक काम र राम्रो आम्दानीको प्रलोभनमा पारेर काठमाडौं ल्याइयो।

भारतमा काम लगाइदिने भन्दै मिर्गौला तस्करीमा संलग्न तीन पक्राउ (भिडियाे)

मानव अंग मिर्गाैला तस्करीमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा काठमाडौंको बौद्ध नयाँबस्ती बस्दै आएका महादेवस्थान–७ काभ्रेपलाञ्चोकका ४४ वर्षीय बिुनबहादुर तिमल्सिना, भक्तपुर कमल विनायक बस्दै आएका भिमेश्वर–५ दोलखाका ४७ वर्षीय प्रकाश बस्नेत र पोखरा बस्दै आएका दाङसिङ–५ कास्कीका ३६ वर्षीय भिमप्रसाद न्यौपाने रहेका छन्।

एकै परिवारका चारको मिर्गौला बिग्रियो

‘मेरो एउटा मिर्गौला माइली छोरीमा र जेठी छोरीको मिर्गौला कान्छो छोरामा प्रत्यारोपण गरियो । अहिले माइली र कान्छो दुवैलाई समस्या बल्झिएको छ,’ त्रिलोचन शर्मा पौडेलले भने ।

मिर्गौलाले उठिबास

मिर्गौला फेल भएर एक छोरा कलिलै उमेरमा गुमिसके। दुई सन्तान अनि पत्नीको अवस्था धरमर छ। मिर्गौलाकै समस्याले ग्रस्त उनीहरूलाई निरन्तर अस्पताल पुर्‍याइरहनुपर्छ। उपचारमा भएभरको सम्पत्ति सकिइसक्यो। रोग निको हुनु साटो झन् बल्भि्कँदो छ।

चेली छाडेर मिर्गौला व्यापारमा

झापा-कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्