१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

खुट्टी खोलाका खुस्बुहरू !

लाहान– १८ शोभापुरकी ३५ वर्षीया खुस्बु खातुन भालेको डाँकोसँगै साबेल लिएर गिटी चाल्न खुट्टी खोला पुग्छिन्। १० वर्षीया छोरी रञ्जना, ४० वर्षीय पति मोहम्मद इस्लाम र खुस्बुको जीवन खुट्टी खोलामै अडिएको छ।

रोकिएन चुरे क्षेत्रको अवैध दोहन

चुरे क्षेत्रको अवैध दोहन रोकिएको छैन। चुरे क्षेत्रबाट व्यापक मात्रामा गिटी र ढुंगा चोरी भइरहेको छ। चुरेबाट अवैध रूपमा ढुंगा चोरी–तस्करी भए पनि सरोकारवाला निकाय चुपचाप बसेका छन्।

यसरी भइरहेको छ तिनाउ नदीको दोहन

तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन्। नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ। बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन्।

ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गरिने

सरकारले नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गर्ने भएको छ । ्

नदीजन्य सामग्री संकलन तथा निकासीमा प्रतिबन्ध

खोटाङको साकेला गाउँपालिकाले स्थानीय खोलाबाट मनोमानी ढंगले ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री संकलन तथा निकासीमा प्रतिबन्ध लगाएको छ।

स्थानीय तहमा ‘ह्वाइट गोल्ड’: कतै नदीमै, कतै खोसाखोस

‘स्थानीय तहका लागि ह्वाइट गोल्ड मानिएको ढुंगा गिटी, बालुवालाई निश्चित मात्रामा उत्खनन गर्नु ठीक हो तर अहिले जथाभावी भइरहेको छ । जथाभावी होइन, सन्तुलन मिलाएर निकाल्नुपर्छ । ५० औं वर्षदेखि नदीखोलामा जम्मा भएको सामग्री केही वर्षमै निकाले निमिट्यान्न पार्ने हो भने यसले दीर्घकालीन असर निम्त्याउँछ : दीपकबावु कँडेल, प्रमुख, पालुङटार नगरपालिका

गिटी ढुंगा उत्खनन् रोक

डिभिजन वन कार्यालय खोटाङले बगरे भञ्ज्याङबाट भइरहेको गिटी ढुंगा उत्खननमा रोक लगाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा रहेको डाँडाखर्क खिसापत्रे सामुदायिक वन क्षेत्रमा पर्ने बगरेभञ्ज्याङबाट पटक–पटक ढुंगा गिटी उत्खनन्् भइरहेको उजुरीका आधारमा डिभिजन वन कार्यालयले सो कार्यमा रोक लगाएको हो।

बुढीखोलामा मनोमानी दोहन

मोरङको बुढीगंगा गाउँपालिकाले खोलाको गिटी बालुवा संकलनको ठेक्का लगाउन टेन्डर आह्वान गरेको छ। टेन्डर प्रस्ताव हाल्न अझै केही दिन बाँकी नै छ। तर, स्थानीय जनप्रतिनिधिकै संलग्नतामा बुढीखोलामा गिटी बालुवा उत्खनन भइरहेको छ।

अवैध गिटीसहित पक्राउ टिफरहरु सामान्य जरिवाना लिएर छाडिए

वैकल्पिक लोकमार्गमा प्रयोग गर्न उत्पादित नदीजन्य पदार्थ अवैधरुपमा जिल्लाबाहिर लादै गरेको अवस्थामा आइतबार पक्राउ परेका दर्जन टिफरहरू सामान्य जरिवाना तिराएर छाडिएका छन् । निर्माणाधिन वैकल्पिक लोकमार्ग धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा खण्डमा प्रयोग गर्न स्थापित त्रियुगा नगरपालिका ७ चुहाडेस्थित क्रसर उद्योगबाट इजाजत नलिई बाहिर लाँदै गर्दा पक्राउ ११ टिफर नाम मात्रको जरिवाना लिएर छाडिएका हुन् ।

मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् नगर्ने शर्तमा ठेकेदारको चाबी फिर्ता

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मापदण्ड विपरित ढुंगा गिटी उत्खनन् गर्ने ठेकेदार कम्पनीको खोसेको चाबी फिर्ता दिएको छ।

ढुंगागिटी निर्यात खुलाउने तयारीमा सरकार

सरकारले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ। ढुंगा गिटी तस्करहरुको प्रभावमा यस्तो तयारी गरेको हो। आपूर्तिमन्त्रालयले यसको लागि प्रस्ताव समेत तयार पारेको स्रोतले बतायो। ‘मन्त्रालयले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ’, स्रोतले भन्यो, ‘सम्भवत अब बस्ने मन्त्रिपरिषद बैठकमा यो प्रस्ताव पेस हुन्छ।’

ढुंगा–गिटी माफियाले सिध्याउँदै चुरे

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको चुरे क्षेत्रबाट धमाधम ढुंगा, गिटी तथा वालुवको चोरी निकासी तिव्र रुपमा भइरहेको पाइएको छ। माफियाहरुले चुरे तथा राष्ट्रिय वन क्षेत्रवाट अनाधिकृत रुपमा चोरी तस्करी गरी खोला किनार मै चाँग लगाउने कार्य तिव्र रुपमा गरिहेपनि सम्बन्धित निकाय नियन्त्रणको प्रयास गर्न सकेको छैनन्। चुरे क्षेत्रका खहरे, खोला, खोल्सी तथा नदीहरुबाट निर्वाधरुपमा ढुँगा, गिटी र बालुवा अवैध रुपमा तस्करी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्