१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सृष्टि चलाउने 'पाठेघरको घाउ'

अति भए पछि एकदिन उनले पसलबाट नयाँ ब्लेड किनेर ल्याईन् अनि बाहिर झरेको पाठेघर काटेर फाल्न थालिन्। ‘दिन दिनै हुने दुखाईभन्दा एकदिनको दुखाई सहन्छु भनेर काट्न थाले तर आधी भाग काटेपछि रगत धेरै बग्यो।’ उनी आफ्नै घाउसँग डराएर चिच्याईन्, कराईन्।

४० प्रतिशत महिलामा आङ खस्ने समस्या

तनहुँको व्यास नगरपालिकाका चार वडामा सञ्चालित पाठेघर र पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविरबाट ४५७ महिला लाभान्वित भएका छन्। व्यास नगरपालिका–८, ९, १० र ११ मा सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा महिला लाभान्वित भएका हुन्।

पाठेघरको समस्या लुकाउँछन् महिला

बराहताल गाउँपालिका–९ सिरूपाटाकी मनिसरा पुलामी १२ वर्षदेखि पाठेघर झर्ने समस्याबाट पीडित थिइन्। उनले आफ्नो पीडा वर्षौंसम्म लुकाएर राखिन्। पाठेघर झर्ने समस्याका कारण पुलामीलाई हिंड्डुल गर्न, उठबस गर्न समस्या हुन्थ्यो। अघिल्लो वर्ष मनिसराको पीडा पतीले थाहा पाए। महिला स्वास्थ्य स्वयंसेवीका बुहारी हरिकला पुलामीलाई पत्नीको समस्या सुनाए। उनले तत्कालै कर्णाली प्रदेश अस्पतालमा पुर्‍याइन्। चिकित्सकले मनिसराको पाठेघरमा रिङ राखिदिए।

‘सजग भए पाठेघर क्यान्सरको डर छैन’

जिल्लाको रामेछाप नगरपालिकाकी वडा नं ६ डान्सिङटारकी ३५ वर्षिया निर्मला मगर ५ बर्ष पहिले गाउमा नै पुगेको स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन पुगिन्।

लाजले पाठेघर खस्ने समस्या लुकाउँदै

मेलौली नगररपालिका–२, कुजागाडकी आनादेवी भाटले गत महिना जिल्ला अस्पताल बैतडीमा २५ वर्षपछि पाठेघरको शल्यक्रिया गरिन्। पाठेघर खसेको लामो समयसम्म लाजकै कारण उनले उपचार नगराएकी हुन्।

उपचारका लागि काठमाडौं पठाइयाे

पाठेघर खस्ने समस्या जुनसुकै उमेर समूहका, जुनसुकै समुदायका र जुनसुकै वर्गका महिलामा छ। बढीजसो वृद्धामा देखिए पनि यो समस्याबाट युवतीसमेत अछुतो नरहेको सर्वेक्षणले देखाएको छ।

आर्थिक अभावले पाठेघर झुन्डाएर बस्न बाध्य

सानैमा बच्चा जन्माउनु, गर्भवती अवस्थामा गह्रौं भारी उचाल्नु, नियमित स्वास्थ्य जाँच नगराउनु र घरमै बच्चा जन्माउने गर्दा पाठेघरसम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन्।

विकराल बन्दै पाठेघर समस्या

बालविवाह अनि सानैमा बच्चा जन्माएपछि पाठेघरको समस्या भोग्ने कुमारीजस्ता सयौँ रोल्पाली आमाहरू आज पनि पाठेघर झुण्डाएर नारकीय जीवन बिताइरहेका छन्।

ग्रामीण महिलालाई पाठेघर क्यान्सर परीक्षणमा असहज

जिल्ला अस्पताल रामेछापले पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न सकिने व्यवस्था हालै मात्र मिलाएको भए पनि ग्रामीण भेगका स्वास्थ्य चौकीमा भने सो सेवा उपलब्ध छैन।

लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ ९पाठेघर० खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन्। समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताए।

अझै लुकाइन्छ पाठेघर खस्ने समस्या

‘कतै लडे भने पाठेघर ठोक्किएर असह्य पीडा हुन्छ। घाँसदाउरा गर्ने क्रममा झाडी वा बुट्यानले छोए भने उस्तैगरी दुख्छ।’ यो पीडा खोटाङको रावाबेंसी गाउँपालिका–५ दुबेकोलकी फूलमाया नेपाली (परिवर्तित नाम) को हो। पाठेघर खस्ने समस्याले तेस्रो चरण पार गरेपछि उनी कहालीलाग्दो पीडा खेप्न बाध्य छिन्। पाठेघर खसेको १५÷१६ वर्ष बिते पनि उनले सामाजिक अन्धविश्वासका कारण हालसम्म उपचार गराएकी छैनन्।

आमाको पाठेघर

बुबाले फेरि सोध्नु भयो, ‘तिम्रो र मेरो माया अनि मैले दिएका उपहारहरू ?’ जुना दिदीको जवाफ– माया त शरीरको भोक मात्र थियो र तिमीले दिएको उपहार मेरो योनीको मोल थियो।

महिलामा किन बढ्यो इन्डोमेट्रियोसिस

महिलाको पाठेघरभित्र रहेको अन्डाशयमा कस्ता रोग लाग्छन् ? किन लाग्छन् ? ती रोगहरुबाट कसरी बच्ने ? प्रस्तुत छ नागरिक दैनिककी पवित्रा सुनारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा सर्जन प्राध्यापक डा. पदमराज पन्तसित गरेको कुराकानी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्