coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

विभिन्न क्यान्सरका लक्षणहरु

पाठेघर मुखको क्यान्सरका लक्षण
– फोहोर तथा गनाउने पानी बग्नु
–यौन सम्पर्क पछि रगत देखापर्नु
– महिनावारीको बीच–बीचमा रगत देखिनु
– महिनावारी सुकिसकेका महिलामा रगत देखिनु
– बिनाकारण ढाड, कम्मर तथा तल्लो पेट दुख्नु
–खुट्टा सुन्निनु

पेटको क्यान्सरको लक्षण

– दिसामा रगत देखापर्नु
– पेट दुख्नु

–वान्ता हुनु
–शरीर तथा आँखा पहेंलो हुनु

– पेट सुन्निनु
– झाडापखाला वा कब्जियत हुनु

– थकाइ लाग्नु, कमजोरी अनुभव हुनु
– कपाल झर्नु

कलेजो क्यान्सरका लक्षण
– पेटको माथिल्लो भाग दुख्नु

– शरीर चिलाउनु र पहेंलो हुनु
– सास फेर्न गाह्रो हुनु

– बिनाकारण तौल घट्ने या बढ्ने
– थोरै खानेबित्तिकै अघाए जस्तो हुने

–शरीरमा अप्ठेरो महसुस हुनु
मुख क्यान्सरका लक्षण

–जिब्रो तथा ओंठ र मुखभित्रको तालुमा घाउ देखिनु
– घाउ सजिलै निको नहुनु

–दाँत हल्लिनु
–कान तथा मुख दुख्नु

– मुखमा राता तथा सेता धर्सा देखिनु

प्रोस्टेट क्यान्सरको लक्षणहरु

– रातिमा पिसाब बढी आउने र पिसाब फेर्न गाह्रो हुने
– पिसाबमा रगत देखापर्नु

– मेरुदण्डको पछि वा नितम्बको पछिल्लो भाग दुख्नु
– खुट्टा तथा पैताला सुन्निनु र ढाडमा दुखाइ हुनु

हड्डी क्यान्सरका लक्षण
– हड्डी टुक्रिन थाल्नु

– हिंड्दा खुट्टा दुख्नु
– दुखेको भाग सुन्निनु

– काम गर्दा बढी दुख्नु
– मेरुदण्डमा दुखाइ

– फैलिएर फोक्सोमा पुग्नु
ठूलो आन्द्राको क्यान्सरका लक्षण

– दिसामा रगत देखापर्नु
– थकाइ तथा कमजोरी महसुुस हुनु

– पेट अघाएको जस्तो भइरहनु
– एक्कासि तौल घट्नु

– निश्चित समयमा दिसा नहुनु

प्रकाशित: ९ चैत्र २०७५ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App