५ आश्विन २०८१ शनिबार
image/svg+xml

धनगढी र सुर्खेतमामा आज सत्ता गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भेला गर्दै छ। ती भेलामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

आउँदो चुनावले एमालेलाई बिदाई गर्नेछः मन्त्री चौधरी

‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब तब वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ।’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्थाविरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाई गर्नेछ।’

नागरिकलाई नागरिकता दिनु अपराध हो भने त्यो अपराध गर्न तयार छौँः प्रधानमन्त्री

‘अहिलेको गठबन्धनलाई चुनाव जिताएर दबाव दिनुपर्‍यो। गठबन्धनले चुनाव जित्यो भने नागरिकताविहीनलाई गठबन्धनको सरकारले नागरिकता दिलाएर छाड्ने बताए।’

स्थायी राजधानी कार्यान्वयनका लागि ड्युटी दिन प्रदेशमै भिडेँः मन्त्री चौधरी

सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका मन्त्री चौधरीले चुनावी दौडधुपलाई बढावा दिइरहेका छन्। उनले आफ्नो जितको प्रमुख आधार आफू सांसद छँदा खेरी र मन्त्री रहँदा गरेका कामहरुलाई मानेका छन्।

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउँदै

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन्।

गठबन्धनका शीर्ष नेता भन्छन्ः मंसिर ४ को निर्वाचन अग्रगामी र पश्चगामीबीचको प्रतिस्पर्धा हो

‘बहुमत प्राप्त सरकारको नेतृत्व गरेकाबाटै १७ साल दोहोर्‍याउने प्रपञ्च गरीएपछि त्यसका विरुद्ध यो गठबन्धन बनेको हो। अब ती प्रतिगमनकारीहरुलाई परास्त गर्न हामी सबै एक ढिक्का भएर लाग्नु पर्छ’ ‘हामी एउटै डुङ्गामा छौं जिते सबै जित्ने हो हारे सबै हार्छौं’

शीर्ष नेता भन्छन्: गठबन्धनलाई हार्ने छुट छैन

सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्। गठबन्धन दलहरुको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका हुन्।

निर्वाचनमा विजयी भए सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने कार्कीको प्रतिबद्धता

गठबन्धनको सरकारले नै निर्वाचनपछि सत्ता सञ्चालन गर्ने अवस्था रहेको बताउँदै कार्कीले आफू विजय भएसँगै प्रदेश सरकारसँग यस क्षेत्रका स्थानीयको पहुँच पनि सहजता हुने र विभिन्न खालका योजनाहरु यस क्षेत्रले पाउने बताए।

चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुन्छः पर्यटनमन्त्री श्रेष्ठ

वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरूबीच रहेको गठबन्धन कायम रहने बताए। काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ख को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए।

कला, सम्पदा र संस्कृतिको प्रवर्द्धन गर्न उम्मेदवार बनेकी हुँः पम्फा भुसाल

'अब ललितपुरवासिले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ। स्वच्छ वातावरणमा रहेर सामाजिक, आर्थिक गतिविधि गर्न पाउनुपर्दछ। त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार निर्माण गर्ने र ललितपुरबासिले गर्व गर्न लायक शहर निर्माण गर्न म विगतमा झैँ प्रतिवद्ध छु।’

एमालेको गठबन्धन अप्राकृतिक र अपवित्र: माधव नेपाल

सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्षी गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गरे।

गठबन्धन संस्कृतिका विकृति

आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ मानिन्छ। समयमा निर्वाचन हुन सकेन भने तानाशाहहरू जन्मने खतरा रहन्छ।

मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ: प्रकाशमान सिंह

'म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ। त्यसैले क्षेत्रमा विकास गर्नेसँगै केन्द्रमा प्रभाव पार्ने उम्मेदवार म हुँ, उनले भने।

सांसद भए दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउँछु: ओनसरी घर्ती

गठबन्धनको तर्फबाट उम्मेदवार बन्नेकी नेकपा (माओवादी केन्द्र) की नेता घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी–साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गरेकी छन्।

सत्ता गठबन्धनले सातै प्रदेशमा भेला गर्ने

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस नेतृत्वको गठबन्धन बैठकले कात्तिक पहिलो साता सातै प्रदेशमा शीर्ष नेताहरूको उपस्थितिमा प्रमुख नेता तथा कार्यकर्ताको भेला राख्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्