श्रम सौदाबाजी शान्तिपूर्ण गर्न पत्रकार महासंघलाई आदेश
उच्च अदालत पाटनले पत्रकारको हकहितका लागि गरिने श्रम सौदाबाजी शान्तिपूर्ण गर्न नेपाल पत्रकार महासंघलाई आदेश दिएको छ।
उच्च अदालत पाटनले पत्रकारको हकहितका लागि गरिने श्रम सौदाबाजी शान्तिपूर्ण गर्न नेपाल पत्रकार महासंघलाई आदेश दिएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडक खण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो।
नेपालमा कुष्ठरोग नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि रोगका कारण हुने सामाजिक विभेद, कानुनी अस्पष्टता र सेवा पहुँचको कमजोरी अझै कायम रहेको अध्ययनले देखाएको हो। प्रतिवेदनले सन् २०३० सम्म कुष्ठरोगसँग सम्बन्धित सबै प्रकारका विभेद अन्त्य गर्न नीतिगत, कानुनी तथा संरचनागत सुधार अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
महेन्द्रज्योति पूर्व विद्यार्थी मञ्च फराकको आयोजनामा १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ।
मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति बनाएर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि काम भइरहेको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए। मूल समारोह समितिअन्तर्गत सुरक्षा उपसमितिको बैठक शुक्रबार बसेको थियो।
झापा–५, सर्लाही–४, रौतहट–१, चितवन–२ र रुकुम पूर्वमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलबिच नै मुख्य र रोचक प्रतिस्पर्धा हुने देखिन्छ।
प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, शर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको छ।
हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
निर्धारित समय अगावै कोणसभा गर्ने, प्रचारप्रसार गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएकाले त्यस्तो कार्य नगर्न/नगराउन निर्वाचन कार्यालयले ध्यानाकर्षण गराएको छ।
नयाँ इतिहास कोर्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली इङ्ल्यान्डविरुद्ध खेल्दै छिमेकी राष्ट्र भारतमा सुरु भएको आइसिसी टी ट्वान्टी विश्वकपको यात्रा सुरु गर्दै छ।
अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २२ पैसा, सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा तोकिएको छ।
खेल नै यस्तो क्षेत्र हो, जसले नागरिकलाई मात्र होइन, देशलाई समत जोड्छ।
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत शनिबार राति सम्पन्न समूह ‘ए’ को खेलमा घरेलु टोली भारतले संयुक्त राज्य अमेरिका (यूएसए) लाई २९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
खोटाङको साकेला गाउँपालिकामा सञ्चालन भएको ‘आठौँ अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड-२०८२’ को उपाधि राधाकृष्ण माध्यमिक विद्यालयले जितेको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जुम्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।