१० मंसिर २०८१ सोमबार
image/svg+xml

कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक

कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक गरिएको छ। प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा’ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा मुख्यमन्त्री राजकुमार शर्माले सो लोगो सार्वजनिक गरेका हुन।

कोशी सरकारविरूद्धको रिटमा आज आदेश आउन सक्ने

न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना धेरै छ।

कोशी प्रदेश सरकारविरुद्धको रिट माथिको फैसला भोलि आउने

बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको उक्त रिटमा भोलि मात्र फैसला आउने भएको हो।

कर्णालीको सुखद सन्देश

कर्णाली प्रदेश अस्पतालले यतिखेर काठमाडौँमा गरिने मिर्गौला प्रत्यारोपण गर्छ।अप्थाल्मोलोजी, न्युरो सर्जरी र स्पाइनल सर्जरी सेवा उपलब्ध गराउँछ। अक्सिजन प्लान्टसँगै पाइप लाइन जडान पनि गर्छ।

कोसी सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

प्रतिवादी तर्फका कानुन व्यवसायीले मंगलबार नै बहस सुरु गरे पनि नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

तिनाउ र दानव नदीमा फसेका दुई पुरुषको उद्धार

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा आज बिहान दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ।

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोशी प्रदेशविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

कोशी प्रदेश सरकार विरुद्ध दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।

ज्यानमारा अस्पतालको बिगबिगी

प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्। सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव उनको मृत्युको कारण बन्यो।

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। मधेश प्रदेशका एकदुई स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेशविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज सुनुवाइ हुन सकेन।

गण्डकी प्रदेशमा बाह्रैमास डेंगी संक्रमण

गण्डकी प्रदेशमा गत वैशाख यतामात्र १९३ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ। ती मध्ये एकजनाले तनहुँमा यो संक्रमणबाट ज्यान गुमाइसकेका छन्। चिकित्सकले आगामि केही महिना यो संक्रमण अझै तिब्र बढ्ने आँकलन गरिसकेका छन्। डेंगी संक्रमणको ‘पीक सिजन’ नै साउनदेखि कात्तिकसम्म रहेको उनीहरुको भनाई छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। वर्षायाम लागेपछि डेंगी संक्रमण तिब्र रुपमा बढ्ने चिकित्सकले बताएपनि गण्डकी प्रदेशमा भने बाह्रैमहिना जसो संक्रमण हुने गरेको उनीहरुको भनाई छ।

राजस्व ओरालो, तस्करी उकालो

सिरहाको ठाँढी, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सीलगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, स्याउ र मरिच तस्करीमा वृद्धि भएको छ।

दोहोरोपनाले बढ्यो व्ययभार

सार्वजनिक खर्च पुनरवलोकन आयोगको प्रतिवेदनले एउटै काम गर्ने दोहोरो संरचना हटाउन सुझाएको छ। प्रदेश र स्थानीय तहको कार्यक्षेत्रअनुसार त्यस्ता कार्यालय स्थानान्तरण गर्न प्रतिवेदन सुझाव प्रतिवेदनमा दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्