२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पछुताउँदै बालविवाह गरेका जोडी

सरकारले गर्ने गरेको ‘बिहेवारी २० वर्षपारि’ भन्ने प्रचारको बेवास्ता गरी हतारमा बिहे गर्ने जोडी पछिल्लो समयमा पछुताउन थालेका छन्।

‘एक रुपैयाँ बचत’ अभियान

रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान धमाधम चलाइरहेको छ।

चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ। निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्युझाउँछ।

भारतको अयोध्यामा हुने राम मन्दिरको पूजामा कपिलवस्तुका २ पालिकाले दिए बिदा

यही माघ ८ अर्थात् जनवरी २२ का दिन भारतको अयोध्यामा राम मन्दिरको भव्य अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका २ पालिकाले बिदा दिएका छन्।

आगलागीमा एकको मृत्यु

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ। गए राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन

निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन गरेको छ।

डुडुवा गाउँपालिकामा विवाद, गाउँसभा स्थगित

जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण बाँकेको डुडुवा गाउँपालिकाको १५ औँ गाउँसभा स्थगित भएको छ।

गुन्द्रुकको ‘ब्रान्डिङ’: बिक्री गर्ने जिम्मा गाउँपालिकाको

उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्।

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो।

पहिरो पीडितलाई स्थायी पुर्नवास गराउने प्रक्रियामा जुट्यो मैवाखोला गाउँपालिका

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपद् जोखिममा परी एकिकृत अस्थायी आवास स्थलमा बस्दै आएका ६५ परिवारलाई स्थायी पुनर्वासको प्रक्रिया अघि बढाएको छ।

हिमपातले किसान उत्साहित

म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको पात्लेखर्कमा हिमपात भएको छ। बुधबार हल्का वर्षासँगै पात्लेखर्कसहित माथिल्लो क्षेत्रमा यो सिजनको पहिलोपटक हिमपात भएको हो।

पशुको आहारा बन्यो मुसहरको सहारा

वर्षभरि वस्तुभाउलाई खुवाउनका लागि जम्मा गरेको आहारा (पराल) महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ३ भटौलिया गाउँका मुसहर समुदायका लागि जाडोबाट बच्ने सहारा बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्