१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भारतको अयोध्यामा हुने राम मन्दिरको पूजामा कपिलवस्तुका २ पालिकाले दिए बिदा

यही माघ ८ अर्थात् जनवरी २२ का दिन भारतको अयोध्यामा राम मन्दिरको भव्य अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका २ पालिकाले बिदा दिएका छन्।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकाले पालिकामा बिदा दिएका हुन्।

अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ। शुद्धोधन गाउँपालिकाका प्रमुख कमलेश चौधरी र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत रमेश गौतमले शुक्रवार सूचना जारी गर्दै उक्त दिन पालिकामा अत्यावश्यक बाहेक सबै सेवा बन्द रहने जनाएका छन्।

नेपाली चेली सिताको विवाह भगवान् रामसँग भएको नाताले आफूहरूले सो दिन स्थानीय बिदा दिइएको गाउँपालिका प्रमुख चौधरीले बताए। उक्त दिन पालिका भित्र रहेका राम मन्दिरमा पूजापाठ समेत कार्यक्रम गरिने कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताए।

माघ ७ गते जिल्लाको दक्षिणी क्षेत्रका पालिका भित्र रहेका राममन्दिरहरुमा दीप प्रज्वलन भजन कीर्तनका कार्यक्रम समेत राखिएका छन्। राम मन्दिरको प्राणप्रतिस्ठा कार्यक्रममा सहभागी हुन जिल्लाबाट कपिलवस्तुका अनिल तिवारी, यशोधरा गाउँपालिकाका पूर्व उप मेयर कन्यावती उपाध्याय लगायतका एक दर्जन बढी भक्तजनहरू अयोध्या सम्म पैदल यात्रामा निस्केका छन्।

प्रकाशित: ५ माघ २०८० १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App