२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विवाह गर्न वडाको सिफारिस अनिवार्य

जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमाबच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो।

मुहार फेर्दै निसी गाउँ

सेवासुविधाको हिसाबले दुर्गम मानिने बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँले सडक यातायातको पहुँचसँगै मुहार फेर्दै छ।

गाउँमै सुरक्षा भत्ता लिँदै ज्येष्ठ नागरिक

डिलासैनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण गर्न थालेको छ।

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विधुत् विस्तार

काभ्रेका तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विद्युतीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ।

विविधताको धनी पर्यटनप्रेमी रोङ गाउँपालिका

इलामको रोङ गाउँपालिका साविकका चार गाउँ विकास समिति (कोल्बुङ, इरौंटार, जिर्मले र शान्तिपुर) मिलेर बनेको छ। यो गाउँपालिकामा छ वटा वडा छन्।

‘समृद्ध फाकफोकथुमको आधार तयार गर्दैछौं’

यो पालिका कृषिमा सम्भावना बोकेको पालिका हो। यहाँको समृद्धि कृषिबाटै सम्भव हुनसक्छ। त्यसबाहेक पर्यटनलाई पनि पालिकाले सम्भावनाको क्षेत्र देखेको छ। कृषि क्षेत्रका नगदेबाली, चिया, कफी, एबोकाडो, किबी, तरकारीलगायतको खेती विस्तार अभियान सञ्चालन गरिएको छ। किसानलाई प्रोत्साहन गरिएको छ।

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको परम्परा

धवलागिरि गाउँपालिकाका छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने परम्परा र संस्कृति रहेको छ।

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ। उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए।

अनुदानमा आएको मल बाटोबाटै गायब

६ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाइ पेश भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।

राष्ट्रिय सभा निर्वाचन छलफलमा भाग लिँदै गर्दा ग्रामथामका अध्यक्ष बेहोस

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्।

कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै मेरिङदेन

व्यावसायिक पशुपालनलाई दिगो र आत्मनिर्भरमुखी बनाउन ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशुको उन्नत जातीय नश्ल सुधारका लागि निःशुल्क रूपमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउने भएको छ।

१८ महिनामा सकिनुपर्ने विद्युत् आयोजना चारवर्षमा पनि सकिएन

अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन।

दलित युवासँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या

बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्