२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँमै सुरक्षा भत्ता लिँदै ज्येष्ठ नागरिक

डिलासैनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण गर्न थालेको छ। गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र कुमारी बैंकको संयुक्त आयोजनामा पालिकाभित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गर्दै गाउँमै पुगेर भत्ता वितरण गर्न थालेको हो।

शिविरमार्फत चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो चौमासिकवापतको सामाजिक सुरक्षा भत्ता टोलमै पुगेर वितरण भइरहेको पञ्जीकरण शाखा प्रमुख लोकराज जोशीले जानकारी दिए। माघ ५ देखि वडा तथा गाउँगाउँमा पुगेर सबै प्रकारको सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गरिएको गाउँपालिकाले जनाएको छ। ज्येष्ठ नागरिक, असक्त र आपांगता भएकाहरुको सहजताका लागि गाउँमै पुगेर भक्ता वितरण भइरहेको छ।

ज्येष्ठ नागरिकलाई बैंकमा लाइन बसेर भत्ता लिन असहज हुने भएकाले पालिकाले गाउँमै भत्ता वितरण अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तोशप्रकाश जोशीले बताए।  गाउँपालिकाका सबै वडामा पुगेर भत्ता वितरण गरिएको हो। गाउँमै भत्ता पाउन थालेपछि सेवाग्राही खुसी भएका छन्।

प्रकाशित: १२ माघ २०८० ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App