२० आश्विन २०८१ आइतबार
image/svg+xml

कुमौनी होलीमा झुम्दै सुदूरपश्चिम

पूर्वी नेपालमा रङ दलेर होली मनाइने भएपनि सुदूरपश्चिमका पहाडी समुदायले डेउडाको लयमा श्रीकृष्ण र रामलगायत भगवानका गाथा गाउँदै एक अर्कामा रङ दलेर होली खेलिन्छ।

थरीथरीका होलीका रंग

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि कलाकारहरू रंगहरूको पर्व होलीको भरपुर मनोरञ्जन उठाए।

कोरोना प्रभाव, पर्यटकले समेत खुलेर होली खेलेनन्

फागु पूर्णिमाका दिन हिँड्नसमेत मुस्किल पर्ने राजधानीको बसन्तपुर र ठमेल क्षेत्र यो वर्ष भने कोरोनाका कारण निकै शान्त देखियो। विश्वभर फैलिएको कोरोना भाइरसकोे त्रासले भीडभाडमा नजान र पानीसहितको होली नखेल्न प्रशासनले गरेको अपिलका कारण उक्त क्षेत्रमा यसअघिका वर्षजस्तो चहलपहल नदेखिएको हो।

कोरोना कहरमा होली (भिडियो रिपोर्ट)

राजधानीको पर्यटकीय हब ठमेलका सडक, चोक र गल्लीहरूमा बिहानै होलीको रौनक छाइसक्थ्यो। विदेशी पर्यटकहरू नेपाली युवायुवती हुल बाँधेर हिँड्थे। एकआपसमा रङ दल्दै खुसी साट्थे। होली पर्वको शुभकामना आदानप्रदान गर्थे। ठमेलका सबै गल्लीहरु रंगिन हुन्थे।

होलीमा ७ सय भन्दा बढी सवारी चालकलाई कारवाही

होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। ट्राफिक नियम उलंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ।

लेकसाइडमा होलीको रौनक आएन

रंगको पर्व होलीका दिन पर्यटकीय सहर लेकसाइड वर्षेनी रंगिन्थ्यो। होली मनाउनका लागि लेकसाइडका पर्यटन व्यावसायी एकजुट हुन्थे। अनि पञ्चेबाजाको तालमा रंग छ्याप्दै मुल सडकमा विदेशी पर्यटक र पोखरेली रमाउँथे। लेकसाइडमा हुने सामुहिक होलीमा मिसिन बजारका युवायुवती पनि झर्थे।

सुनसान होलीबीच जोगिडा सरर...

विगत वर्षहरुमा जस्तो यसपाला रंगहरुको रमाइलो पर्व, होलीको चहलपहल राजधानीमा खासै देखिएको छैन। होलीका दिन, मध्यान्हसम्ममा काठमाडौंका, बसन्तपुर, असन, ईन्द्रचोक, ठमेल जस्ता क्षेत्र मात्र होइन, हरेक सडक-गल्ली रङ, अबिर, पानी भरिएको लोला बोकेकेका युवा जमातले ठेलमठेल भईसकेका हुन्थे। तर यसपाला होली लगभग सुनसान जस्तै छ।

होलीमा कोरोना भाइरसको त्रास, पारिवारिक भेटघाटको अवसर

बालाजु, माछापोखरीका २२ वर्षीय केशबराज गौतम गत वर्षको होली धुमधामले मनाए। होली खेल्न १० जनाको समूह बनाएर माछापोखरीबाट नयाँ बसपार्क, ठमेल, हनुमान ढोका हुँदै टुडिँखेल पुगेका उनी गत वर्षको होली जीवनकै रणीय भएको बताउँछन्।

हराउँदै होलीका गीत, सुनसान बन्दै टोल

कुनै बेला एक हप्तासम्म मनाउने होलीको सुरुवातसँंगै होली गीतले गुन्जायमान हुने भक्तपुर यतिखेर भने सुनसान छ। होलीमा सहरभरि गुन्जायमान हुने गीतहरु हिजोआज कहीकतै सुनिंदैन।

दोलखामा होली मनाउन रोक, १० बेडको आइसोलेसन कक्ष खोलियो

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि संक्रमणबाट जोगिन सतर्कताका लागि दोलखामा स्थानीय प्रशासनले होली खेल्न रोक लगाएको छ। जिल्ला प्रशासनले शुक्रबार सूचना प्रकाशित गरी सोमबार हुने होली पर्वमा कार्यक्रम नगर्न तथा होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ।

होली मनाउनेक्रममा सतर्कता अपनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय खोटाङले होली मनाउनेक्रममा सतर्कता अपनाउन आग्रह गरेको छ। कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रशासनले फागु पूर्णीमा (होली) मनाउनेक्रममा हुने भीडभाडमा सहभागी नहुन आग्रह गरेको छ।

होली, उत्सव, मेलामा नजान प्रशासनको आग्रह

कोरोना भाइरसको माहामारी संसारभर फैलिएकाले काठमाडौं जिल्ला प्रशासनले पनि भेला, सभासम्मेल जस्ता कार्यक्रममा नजान आग्रह गरेको छ। बिहीबार जिल्ला प्रशासनले सूचना जारी गर्दै कोरोना भाइरसबाट सचेत हुन आग्रह गरेको हो।

कोरोना कहरः उदयपुरमा होली खेल्न निषेध

यस वर्षको होली कोरोना भाइरसका कारण खेल्न नपाइने भएको छ। चीनको हुवान प्रान्तबाट फैलिएको ‘कोभिड–१९’ नोबेल कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिइरहेको हुनाले सतर्कता अपनाउन यस वर्षको होली खेल्न मनाही गरिएको हो।

मिथिलाञ्चलमा होलीको रौनक सुरु

‘रामजीके हाथ कनक पिचकारी, सीयाजीके हाथ अबिर झोरी’ गीतसँगै मिथिलाञ्चलमा होलीको रौनक सुरु भएको छ। धनुषाको कञ्चन वनमा सुरु भएको होलीमा स्थानीयहरूले एक अर्कालाई अबिर लगाएर यसको स्वागत गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्