२० आश्विन २०८१ आइतबार
image/svg+xml

बसन्तपुरमा चीर ठड्याइयो

रंगहरुको पर्व फागूपूर्णिमा(होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ। नेपाल पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार मंगलबार बिहान ७ बजेर ५७ मिनेटमा चीर ठड्याइएको हो।

२०१९ विशेष वर्ष: कोहली

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखला जितेसँगै भारतका कप्तान विराट कोहोलीले वर्ष २०१९ भारतीय क्रिकेटका लागि ‘विशेष वर्ष’ रहेको प्रतिक्रिया दिएका छन्। भारतले आइतबार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले हराउँदै तीन एकदिवसीय खेलको शृंखला २–१ ले जितेको हो। कोहलीले ८५ रनको महत्वपूर्ण योगदान दिएका थिए।

‘होली वाइन’ सम्मेलनमा चार करोड सरकारी पैसा खर्च

होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च भएको छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको सम्मेलनमा सरकारको एक पैसा पनि खर्च नहुने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। अर्थ मन्त्रालयले भने उक्त रकम भुक्तानी दिइसकेको छ।

होलीमा रोकिएन अपराधिक घटना

सभ्य र मर्यादित होली पर्व मनाउन प्रशासनले आग्रह गरे पनि यस बर्ष बारामा अपराधिक घटनाहरु रोकिएको छैन्। होली खेल्ने बहानमा पुरानो रिसइबीहरु साध्दा एक दर्जन भन्दा बढी अपराधिक घटनाहरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। होलीको दिन प्रसौनी गाउँपालिका ६ बेलहिया टोलमा दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य घाइते भएको बारा प्रहरीले जनाएको छ।

बिहीबार परेका कारण लम्बियो तराईको होली

सदा एक दिन मात्र मनाइने तराईको महत्वपूर्ण पर्व होली यस वर्ष भने दुई दिन मनाइने भएको छ। यस वर्ष तराईको होली बिहीबार परेको र मधेसी समुदायको घरमा बिहीबारका व्रतालु हुने भएका कारण माछामासु नचल्ने भएपछि मिथिला क्षेत्रका सर्वसाधारणले शुक्रबार होली मनाउने तयारी गरेका छन्। मधेसी समुदायमा आइतबार, मंगलबार र बिहीबार अधिकांश घरमा व्रतालु हुने हुँदा माछामासु नचल्ने भएकाले यस्तो बेलामा होली पर्व भोलिपल्ट मनाउने प्रचलन रहेको मैथल संस्कृतिका जानकार रजनीकान्त झा बताउँछन्।

होली मनाउने क्रममा झगडा, छुरा हानी एकको हत्या

होली मनाउने क्रममा झगडा हुँदा बिहीवार धरानमा एक युवाको छुरी हानी हत्या भएको छ। धरान ९ स्थित बगैंचा लाइनमा भएको झगडामा एक युवाको हत्या भएको हो। हत्या हुनेमा धरान ८ स्थित सिद्धार्थ मार्ग लाइनका निमा तामाङ रहेका छन्।

मधेसमा ३ दिन होली

तराई मधेसमा यस वर्ष लगातार तीन दिन होली मनाइँदैछ। बुधबारदेखि मनाइन थालिएको होली शुक्रबारसम्म मनाइँदै छ। अधिकांश परिवारले आइतबार, मंगलबार र बिहीबार माछामासु नखाने तथा मदिरापान नगर्ने हुनाले होली लम्बिएको हो।

अनाथालयमा होली, कार्यकारी अधिकृतद्वारा ५० हजार सहयोग

रौतहटको परोहा नगरपालिकाका कार्यकारी अधिकृत देवनाथ यादवले गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयका बालबालिकासँग होली मनाएका छन्।

विराटनगरमा उल्लासमय होली

विराटनगरमा  हर्षोल्लासकासाथ होली पर्व मनाइएको छ। बिहीबार बिहानैदेखि एक नम्बर प्रदेशको अस्थायी राजधानीसमेत रहेको विराटनगरका विभिन्न स्थानका सर्वसाधारण भेला भई रंग खेलेर होलीको शुभकामना आदनप्रदान गरिरहेका छन्।

यस्तो देखियो इटहरीमा होलीको रौनक (फोटो फिचर)

समानतको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लापूर्वक मनाइँदैछ। प्रेम र स्नेहको चाड होलीको अवसरमा इटहरी तथा आसपासका प्रायः हरेक चोक तथा भित्री क्षेत्रका मुख्य मुख्य स्थानमा भेला भएर रंग दलेर पर्व मनाइ रहेका छन्।

परम्परा हरायो, फेसन मौलायो

होली भन्ने बित्तिकै सबैको मनमा सप्तरंगी कल्पना दौडन्छ। काठमाडौं उपत्यकाको होलीमा पानी, लोला, पिचकारी पनि मिसिन्छ। ती बाहेक अचेल नयाँ चलन पनि प्रचलनमा छ त्यो हो, होली फेसनको।

तराईमा धुमधामका साथ होली मनाईँदै

बुधबार हिमाली र पहाडी क्षेत्रमा देखिएको होलीको रौनक बिहीबार भने तराईका देखिएको छ। तराईका जिल्लामा धुमधामका साथ होली पर्व मनाईँदै छ।

होलीमा नौ सय १८ सवारी कारबाहीमा

उपत्यकामा होली पर्वले गर्दा बुधवार ओहोरदोहोर गर्नको लागि सर्वसाधारणले सास्ती खेपेका छन्। सडक, पैदलमार्गमा होली खेल्नेको भीडभाड बढेपछि सवारी जामसँगै हिँडडुल गर्न उनीहरुलाई सास्ती भएको हो। भीडभाड र सवारीजाम भएपछि यात्रुहरु गन्तव्यमा पुग्न नसकेका हुन्।

कास्कीमा होली शान्तिपूर्ण, होहल्ला गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडियो

पोखरामा होली अवसरमा नियम उल्लंघन गर्ने ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ। रंगहरुको पर्व होलीमा झैझगडा गर्ने, मापसे गरेर होहल्ला गर्ने, उच्छृङ्ल व्यवहार गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडिएको कास्की प्रहरीले जनाएको हो। विहानदेखि दिउँसोसम्म नियन्त्रणमा लिइएका उनीहरुलाई साँझ परिवारको जिम्मा लगाएर पठाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।

होलीमा जबरजस्ती रंग दल्ने र लोला हान्ने ८४ जना पक्राउ, ५३६ सवारी नियन्त्रणमा

उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जबरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवान्छित गतिविधिमा संलग्न ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्