१५ मंसिर २०८१ शनिबार
image/svg+xml

स्पेनको म्याड्रिडमा लुम्बिनी बनाउन सम्झौता

स्पेनको म्याड्रिड सहरमा नेपालको जस्तै लुम्बिनी बन्ने भएको छ। लुम्बिनी संस्कृति नगरपालिकाका मेयर मनमोहन चौधरीले त्यहाँ बुद्ध पार्कसहित लुम्बनी बनाउनका लागि म्याड्रिड नगरपालिकासँग सम्झौता गरेका छन्।

आफ्नोपनमा गौरव

वाम्बुले राईहरुको त्रैमासिक पत्रिका ‘इक लिब्जु भुम्जु पत्रिका’को आवरण फोटो खिच्न गत शनिबार ललितपुरको इमाडोलस्थित वाम्बुले राई समाज, नेपाल (वाम्रास) मा कार्यक्रम गरिएको थियो। मैले पनि मौलिक भेषभूषा लगाएँ।

‘संस्कृतिले सजिएको छ उपत्यका’

पुरानो सोचमा बनाइएका संरचना असाध्यै मनपर्छ। ठाउँठाउँमा वहाल छन्। पाटीहरु छन्। घुम्ने ठाउँ छन्। कला संस्कृति पनि राम्रो छ। सहरका भित्री चोक अति नै वैज्ञानिक छन्।

पुरातत्व : सम्पदा र संस्कृति

प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतित सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्वको भावार्थमा परिभाषित गरिएको पाइन्छ। मानव सभ्यताको विकासक्रमको लामो समयपछि मानवले लेखन कलाको सुरुवात गर्याे। लेखनकलाको इतिहासको थालनी भएपछिको ऐतिहासिक घटनाक्रमहरूलाई विश्लेषण गर्न प्राप्त साक्षहरूले सहयोग गर्छन्।

संकटमा हुड्केली नाच

दुई दशकअघिसम्म सुदूरपश्चिममा हुड्केली नाच्ने प्रचलन थियो। त्यतिबेला विवाह, व्रतबन्धलगायत शुभकार्यमा हुड्केली नचाइन्थ्यो। तर, पछिल्लो समय भने नाच लोप हुने अवस्थामा पुगेको छ। पश्चिमे संस्कृतिको आकर्षणले नाच लोप हुने अवस्थामा पुगेको जानकार बताउँछन्। ‘आधुनिकताका नाममा यो नाच लोप हुने अवस्थामा पुगेको छ,’ संस्कृतिसम्बन्धी जानकार डोटीका मदनराज ओझाले भने।

तामाङ भाषा साहित्यबारे अध्ययन गोष्ठी

संस्कृति, भाषा तथा साहित्यबारे राजधानीमा तामाङ अध्ययन गोष्ठी भएको छ। तामाङ न्हाङखोरले  नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम गरेको हो।

नेपाली संस्कृति र राष्ट्रियता

हाम्रो देश नेपाल र हामी नेपाली भनी कहिले र कुन समयदेखि पहिचान भएको हो भन्ने आजसम्म एकिन गर्नसकिएको छैन। त्यसको खोजिनीति र अध्ययन/अनुसन्धानमा पनि खासै नेपाली विद्वान् तथा अन्वेषक लागिपरिरहेका छैनन्। लोक आख्यान, दन्त्य कथा, लोक कथा र वंशावली तथा अन्य साहित्यका आधारमा नै हामीले हाम्रो देश नेपाल र हामी नेपाली भनी पहिचान गर्ने गरिरहेका छौंँ। तर आजको विश्वको बौद्धिक जगतले कुनै ठोस वस्तुगत प्रमाणहरू र पुरातात्विक प्रमाणहरूका आधारमा मात्र हाम्रो देश नेपाल र हामी नेपाली हौंँ भनीप्रमाण जुटाइ देखाउनुपर्ने हुन्छ। यस दिशातर्फ विदेशी विद्वान्हरूले मात्र होइन, हामी आफैँ पनि अग्रसर हुनु जरुरी छ।

संस्कृतिको अन्तरद्वन्द्वमा ‘माङ्गेना’

पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिको संस्कृति हो, च्याब्रुङ नाच र धान नाच। लिम्बू जातिको प्रमुख बाजा च्याब्रुङको ‘च्याङ धुङ च्याङ’को तालसँग उनीहरू च्याब्रुङ नाच नाच्छन्। धान नाचमा ‘पालाम’को भाकासँगै तरुनी÷तन्नेरीहरू एकअर्काको हात समाउँदै नाच्ने चलन छ। तर पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावसँगै पूर्वी नेपालको लिम्बू समुदायमा यी दुई नाच विरलै देखिन्छन्।

‘मैथिली’ नेपालीपछिको उत्कृष्ट भाषा : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मैथिली नेपालीपछिको उत्कृष्ट भाषा रहेको बताएका छन्। मैथिली विकास कोषले आयोजना गरेको छ दिवसीय ‘जनकपुर साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ लाई शनिबार उद्घाटन गर्दै देउवाले प्रचिनकालीन मिथिला संस्कृतिको पुनरुत्थानमा जोड दिनुपर्ने बताए।

बाबालिकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फेसन सो

ड्रिम सर्च एजेन्सीले किताब यात्राको सहकार्यमा बालबालिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फेसन सोको आयोजना गर्ने भएको छ।

नेताको गला धान्नै नसक्ने माला

नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगाउने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रूपमा विकासित हुँदै गएको छ। राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री र चर्चित युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन्।

सम्पदा संरक्षण

सम्पदा किन जोगाउने ? यसले भावी पुस्तालाई आफ्ना पुर्खाबारे बुझ्न सहयोग गर्छ। संस्कृतिबाट संस्कारित हुन सम्पदा चाहिन्छ। त्यही भएर हाम्रा पुर्खाले भावी पुस्ताका निम्ति भनेर आफ्नो सम्पत्तिबाट सम्पदालाई केही जग्गा उपलब्ध गराएका हुन्। तिनले पाटीपौवा, सत्तल, खेलमैदान, स्कुल, मन्दिर, पोखरी, धारा आदिका निम्ति जग्गा छुट्याएका छन्। गाउँबस्ती बढ्दै गए।

कुन्क्यौली

सुदूरपश्चिमेली महिलाका सामु उभिएका छन् पीडाका अग्ला हिमालहरु। भरिभराउ देखिन्छन् आँसुका पोखरी। उसो त पितृसत्तात्मक समाजको बोलवाला भएको मुलुकमा हरेक क्षेत्रका महिला पीडित नै छन्। विरह र वेदनाका सुस्केरा अलापेकै छन्। तुलनात्मक हिसाबले ती सुस्केरा बढी नै सुनिन्छन् मध्य तथा सुदूरपश्चिममा। यति हुँदाहुँदै पनि कुनै कुनै चाडपर्वले केही दिनलाई भए पनि ती पीडाका लहरलाई बिर्सिन सघाउ पुर्‍याउँछन्। त्यो आत्मीयता बोक्दै संवेदना र भावनाले भरिपूर्ण भएर दुःख बिर्साउन आइपुग्ने पर्व मध्ये एउटा हो माघे त्यार।

थवाङ रिभिजिटेड

काठका कलात्मक घर। घना बस्ती। ढुंगा छापिएका गोरेटा। करिब तीन सय धुरी भएको एउटै गाउँ। रहरलाग्दो थवाङ (२,००० मिटर) गाउँ। मगर संस्कृतिले धनी। प्रदेश नं ५ मा पर्छ रोल्पा। लिवाङ उत्तरपूर्वको थवाङ गाउँ दस वर्षे द्वन्दकालमा धेरै पढिएको र सुनिएको नाम। माओवादी सशस्त्र जनयुद्दको उद्गमथलो–थवाङ। जनयुद्धमा पूर्वी रोल्पासँगै छिमेकी जिल्ला रुकुमका धेरै नागरिक युद्धमा होमिए। ज्यान गुमाए, अंगभंग भए अनि कयौं विस्थापित पनि।

राष्ट्रिय संस्कृति/सांस्कृतिक राष्ट्रियता

नेपाल भूमि मानव सभ्यताको केन्द्रभूमि हो। किनकि यहाँको मानवीय सभ्यता, धर्म, कला, संस्कृति राष्ट्रियता विश्वकै पुरानो आदर्शका रूपमा प्रतिविम्बित रहेको पाइएको छ। महर्षि वेदव्यास भन्नुहुन्छ, ‘संसारमा पवित्र हिमाल छ। त्यसको वरिपरि एक योजनदेखि पाँच योजनसम्म घेरा भएका मेरु (पर्वत) शृङखलाहरू छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्