३० वैशाख २०८१ आइतबार
image/svg+xml

बानेश्वरको शंखमूलमा टेम्पो दुर्घटना , चालकसहित ३ जना घाइते

काठमाडौंको शंखमूलमा टेम्पो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन्।

टेम्पोसँगै गुडिरहेका एक ट्रान्सम्यान

‘बलेको आगो सबैले ताप्छन्। ऊर्जा सकिएपछि वरिपरि भएकाहरूले छाडेर जान्छन्,’ ज्ञानुले भने, ‘आफ्नै जीवनलाई पछाडि फर्केर हेर्दा अहिले आफू निभेको आगो पाउँछु। कुनै बेला अरूको प्रिय थिएँ, जुन बेला बलेको थिएँ। कतार पुगेर काम गरें। पैसा कमाएँ। विदेशको कमाइ रहँदासम्म सबैको प्रिय नै भएँ। पैसा सकिँदै गयो, नजिक भएकाहरू टाढिए ।’

अछाममा टेम्पो दुर्घटनाः दुईजनाको मृत्यु, चारजना घाइते

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।

कोसी राजमार्गमा शृंखलाबद्ध दुर्घटना

पछिल्लो समय व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिंक’ रोडको रूपमा विराटनगर–धरान सडकखण्ड निर्माण भएर फराकिलो भएसँगै सवारीसाधन तीव्र गतिमा गुडाउने गरेकाले दुर्घटना बढेको स्थानीयको दाबी छ। एक महिनायता कोसी राजमार्गअन्तर्गत इटहरी क्षेत्रमा मात्र पाँच जनाको सवारी दुर्घटनामा मृत्यु भएको इटहरी प्रहरीले बताएको छ।

बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली

‘कोरोना भाइरस संक्रमणको जोखिमदेखि पछिल्लो परिस्थितिलाई मूल्यांकन गरेर बस, माइक्रो बस र टेम्पोमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ उनले भने, ‘ट्याक्सी र निजी सवारीसाधनको हकमा जोरबिजोर प्रणाली यथावत् छ।’ बैठकलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन।

टेम्पो चालकका दु:ख : हातमुख जोर्नै गाह्रो छ, किस्ता कसरी तिर्ने ?

सार्वजनिक यातायात महिनौंदेखि ठप्प हुँदा टेम्पो चालक कुमारी लामा शाहको रोजीरोटी गुम्यो। यतिबेलै बैंक तथा वित्तीय संस्थाले उनलाई बारम्बार फोन गरेर असार मसान्तभित्रै ब्याज र किस्ता तिर्न दबाब दिए। तर, कुमारीले ब्याज र किस्ता तिर्न सकेकी छैनन्। ‘हातमुख जोर्नै गाह्रो छ, किस्ता तिर्ने कसरी ?’ उनले गुनासो गरिन्।

टेम्पो महिला चालकको कथा र व्यथा

महिला दिवसको अवसरमा महिला अधिकारको लागि विभिन्न संघ संगठनहरुले कार्यक्रम गरिरहँदा दैनिक हातमुख जोर्न धौ धौ हुने सिन्धुपाल्चोककी वर्षा क्षेत्रीलाई भने यो दिवसको कुनै प्रभाव परेन ।

‘फोन नम्बर मागेर हैरान पार्छन्’

टन्टलापुर घाम लागिरहेको बेला मंगलबार सवारीसाधनको आवातजावतले अनामनगर, घट्टेकुलो सडक भरिभराउ थियो। यात्रुहरू गन्तव्य पुग्न सवारीसाधन कुर्दै थिए । रामेछापकी टेम्पो चालक ईश्वरी कँडेल भने कराउँदै थिइन्, ‘सुनधारा जाने भए आउनुस्,  सिट खाली छ।’

अटोरिक्सा टेम्पोको आयात ७४ प्रतिशतले बढ्यो

आर्थिक वर्ष ०७४- ७५ मा वीरगन्ज भन्सारको बाटो अटोरिक्सा (तीनपांग्रे टेम्पो) को आयात ७४ प्रतिशतले बढेको छ । सार्वजनिक यातायातका साना साधनको रुपमा यसको प्रयोग बढ्न थालेपछि आयात बढेको हो । पछिल्लो समय गाउँगाउँसम्म पुग्ने बाटो खुलेसँगै अटोरिक्सा टेम्पोको माग बढेको छ।

टेम्पो व्यवस्थापन गर्दै महानगर

फुटपाथका पसल व्यवस्थापन गरेपछि भरतपुर महानगरपालिकाले टेम्पो व्यवस्थित गर्ने तयारी थालेको छ । ट्राफिक अस्तव्यस्ततालाई कम गर्न महानगरपालिकाले राजमार्ग र मुख्य सडकमा टेम्पो सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको एक टेम्पोमा नयाँ चालक देखिइन्। टेम्पोकि चालकलाई हेर्न भिड नै जम्मा भयो।

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ।  गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो।

इटालियन टेम्पो ‘पियाजो’ बजारमा

एमभी दुगड समूहले इटालियन टेम्पो ‘पियाजो’ फागुनबाट नेपाली बजारमा ल्याउने भएको छ । इटालियन कम्पनी पियाजियोको नेपालका लागि आधिकारिक बिक्रेता दुगड समूह बनेको छ।

६ महिनामा पाँच हजार टेम्पो आयात

सार्वजनिक यातायातका लागि साना सवारीको रुपमा टेम्पो प्रयोग बढेपछि त्यसको आयातमा पनि भारी वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष ०७४–७५ को मध्यसम्म अर्थात पहिलो ६ महिनामा वीरगन्ज भन्सार नाका भएर पाँच हजारभन्दा बढी टेम्पो आयात भएको छ । यस अवधिमा गत आव ०७३–७४ को साउनदेखि पुससम्मको तुलनामा झन्डै दोब्बरको संख्यामा टेम्पो आयात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्