१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बानेश्वरको शंखमूलमा टेम्पो दुर्घटना , चालकसहित ३ जना घाइते

काठमाडौँको शंखमूलमा ट्याम्पो दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार चाबहिलबाट शंखमूलतिर चल्ने बा१ ह ३८७७ नम्बरको ट्याम्पो बानेश्वरको शंखमूल ओरालोमा दुर्घटना भएको हो।  

दुर्घटनामा परि चालकसहित ३ जना घाइते भएको उनले बताए। घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले बताए। 

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: ६ चैत्र २०८० १६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App