१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुनसान छ काठमाडौं नेसनल मेडिकल कलेज

स्रोतका अनुसार काठमाडौं नेसनलकै सञ्चालकको स्वमित्वमा वीरगन्जमा सञ्चालनमा रहेको नेसनल कलेजका इन्टर्नसिप चिकित्सक काठमाडौं नेसनलमा ड्युटीमा खटाइएका छन् ।

मेयर चिरिबाबु महर्जनको परिवार: फेसबुकको कमेन्ट सुनाउने काम श्रीमतीको

किसान परिवारमा हुर्किएका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन व्यवस्थापनका विद्यार्थी हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमएम गरेका महर्जन अहिले महानगरको कुर्सीमा छन् । राजनीतिमा नलागेको भए कुशल प्रशासक बन्ने बताउने महर्जनको विचारमा राजनीति र व्यवस्थापन फरक–फरक विद्या हुन् । उनको आँकलनको राजनीतिमा २ र २ जोडदा ५ हुन्छ भने व्यवस्थापनमा २ र २ को योगफल ४ मात्र हुन्छ । उनी यसलाई सिनरजेस्टिक भन्न चाहन्छन्, जसको अर्थ हुन्छ धेरै मानिससँग समन्वय राख्दै सहकार्यमा जुट्दा त्यसको परिणाम एक्लाएक्लैले गरेको भन्दा धेरै हुन्छ ।

गहना पसलबाट २६ तोला सुन चोरी

नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नं. ६ समुन्द्रटारमा रहेको सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ। विदुर नगरपालिका वडा नम्बर २ का रामशरण गहतराजले समुन्द्रटारका तिलकमान डंगोलको घरबाट सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। २६ तोला सुनसहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ।

‘मिस पूर्वाञ्चल’मा २६ सुन्दरी

पूर्वाञ्चलकै ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा रहेको ‘मिस पूर्वाञ्चल’को आठौ संस्करणका लागि २६ सुन्दरीहरू छानिएका छन् । दमक र धरानमा भएको प्रारम्भिक चरणको अडिसनबाट उनीहरू छानिएका हुन् ।

रौतहटका बाढीपीडितलाई धुर्मुस-सुन्तलीको राहत

धुर्मुस सुन्तली फाउण्डेशनले रौतहट सदरमुकाम गौरमा बुधवार ८० परिवारलाई एक महिना सम्म पुग्ने गरी राहत सामग्रीहरु वितरण गरेका छन्।

२७ तोला सुनका लागि हत्या गर्ने पक्राउ

गत साउन १२ गते बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित एक महिलाको हत्या गरी घरमा रहेको सुन, चाँदी लगायतका गहना लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सुनसरीमा बाढीले मृत्यु हुनेको संख्या ११ पुग्यो

अधिक बर्षासँगै आएको बाढीले गर्दा सुनसरीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। इटहरी क्षेत्रबाट मात्र आठ जनाको मृत्यु भएको छ।

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन्। जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उनले राहत बाँडेका हुन्।

९ किलो सुन सहित दुई पक्राउ

अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव ९ किलो सुन सहित दुई जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नम्बर ५ का ३७ वर्षीय दिपक घले र पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय फूर्वा तामाङ रहेका छन्।

६ किलो सुनसहित एक जना पक्राउ

अवैधरुपमा लुकाईछिपाई ल्याएको ६ किलो सुनसहित एक जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। विदुर नगरपालिका वडा नम्बर १० सिमुटारबाट नुवाकोट प्रहरीले ६ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिकाका दिपक घलेलाई पक्राउ गरेको हो।

सिलवालको सुनुवाइ भदौ १५ मा

प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी भदौ १५ गतेका लागि तोकिएको छ।

ललितपुरको कुसुन्तीमा गोली लागेर एकको मृत्यु

ललितपुरको कुसुन्तीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । लागु औषध कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रबिन खत्रीलाई प्रक्राउ गर्न खोज्दा उनको मृत्यु भएको हो।

सिंह र सुनुवारद्वारा उपाधि रक्षा

साबिक विजेता अरहान्तकेशर सिंहले शनिबार अमृत थापामगरलाई हराउँदै  दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। महिलातर्फको उपाधि पनि साबिक विजेता भावना सुनुवारले हात पारिन्।

डाक्टरको आक्रोश: अनशन नसुन्ने भए, बन्दुक उठाउनुपर्‍यो त?

डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले डा.गोविन्द केसीका माग पूरा गर्न ‘अन्तिम हतियार’को रुपमा रहेको देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रमसमेत जान बाध्य हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्