२ असार २०८१ आइतबार
image/svg+xml

‘छठको आदिभूमि’मा सर्वधर्म पर्व

लोक पर्वको छठको ‘आदिभूमि’ भनेर चिनाउँदै रौतहटको समनपुरस्थित बागमती किनारको छठघाटलाई दुलहीझैं सजाइएको छ।

वित्तीय साक्षरता विस्तारमा पालिका

सिन्धुली कमलामाई नगरपालिका बस्ने एक महिला वित्तीय साक्षरता कक्षामा सहभागी भइन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा भए पनि कमाइ भने सामान्य हुँदा घर धान्न गाह्रो थियो।

फरक जिल्लाका उपभोक्ता भएका वन संरक्षणमा ‘चुनौती’

वनक्षेत्र इलामभित्र भए पनि बढी उपभोक्ता अन्य जिल्लामा रहेका सामुदायिक वनको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ। उपभोक्ता मात्र नभई वन समितिका मुख्य पदाधिकारी अर्को जिल्लाका बासिन्दा हुँदा वन संरक्षणभन्दा विनाश बढी हुने गरेको देखिएको हो।

इलाम देउमाईको बजेट, नीति र कार्यक्रम पारित

इलामको देउमाई नगरपालिकाले ‘प्राकृतिक स्रोत कृषि र पर्यटन: समृद्ध देउमाई हाम्रो अभियान’ लक्ष्यसहित आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ।

आत्मनिर्भर बन्दै सिरहाका सङ्गठित महिला

सिरहाको धनगढीमाई नगरपालिका–११ शान्तिपुरकी किसुनदेवी महतोलाई कुनैबेला सामान्य रकमको जोहो टार्न पनि श्रीमान रामदेव महतोको भर पर्नुपर्थ्यो। यो सिलसिला वर्षौं चल्यो। तर जबदेखि उनले तरकारी खेती सुरु गरिन, त्यसयता सामान्य घरखर्च र गुजारा चलाउन श्रीमानको भर पर्ने अवस्था करिब अन्त्य भएको छ।

गोलीकान्डका पीडितले गुहारे पत्रकार

बाटो विस्तारका क्रममा दिउँसै गोली हानी हत्या गरेको र हत्यामा संलग्न रहेकालाई अदालतले धमाधम रिहा गरेपछि घटनाका पीडितहरू पत्रकारको शरणमा पुगेका छन्।

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।

प्रधानमन्त्री दाहालको पुत्ला दहन

महागढीमाई नगरपालिकाको बरियारपुरमा शुक्रबार प्रधानमन्त्रीको प्रचण्डको पुत्ला दहन गरिएको छ।

शान्तिपुर्ण मतदान सम्पन्न गराउन नमुना मतदान

नमुना मतदानले शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन र बदर मत कम हुने गरिने भएकोले नमुना मतदान गरिएको मूख्य जिल्ला निर्वाचन अधिकृत पुर्नेश्वर उपाध्यायले बताएका छन्।

जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि त्रास

कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु आधा अर्ब भन्दा बढी

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा जीतपुरसिमराको बेरुजु ५२ करोड ९५ लाख ९० हजार पुगेको देखिएको छ। उपमहानगरको आर्थिक वर्ष २०७६/०७७ मा ३६ करोड ९ लाख रुपैयाँ देखिएको बेरुजु एक आर्थिक वर्षमै लगभग १६ करोड भन्दा बढी बेरुजु बढेको प्रतिवेदनमा देखाइएको छ।

दुर्घटनामा परेका पूर्वमन्त्रीसहित चार जनाको जिल्ला अस्पतालमा उपचार हुँदै

गाडी चालक पेम्बा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

बालिकाको शवसहित तीन जना पक्राउ

पर्सामा बालिकाको शवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

कमलामाई नगरपालिका: मलको पूर्व सञ्चितिकरण गर्न सहकारीलाई अल्पकालिन कर्जा

कमलामाई नगरपालिका सिन्धुलीले रासायनिक मलको जोहो गर्ने नीति बनाएको छ। मलको चरम अभाव हुँदै गएकाले कृषकलाई प्राथमिकतामा राखेर कमलामाई नगरपालिकाले ल्याएको नीति कार्यक्रममा मलको जोहो गर्ने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्