९ असार २०८१ आइतबार
image/svg+xml

कुहिँदै करोडौंको सखुवा

कानुनी प्रक्रिया पूरा नहुँदा करोडौं रूपैयाँबराबरको सखुवाको काठ कुहिन थालेको छ। विभिन्न समयमा चुरे क्षेत्रका वनबाट अवैध रूपमा कटान गरी ओसारपसार गर्नेक्रममा बरामद गरिएको सखुवाको काठ र सवारीसाधन भण्डारण गरिएकै स्थानमा सड्न थालेका छन्।

दुई दिनदेखि हराएका ३ वर्षीय बालकको शव फेला

रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुर टोलमा एक बालकको शव भेटिएको छ। गत शुक्रबारदेखि हराइरहेका बालकको खोजीको क्रममा बालकको शव कुहिएको अवस्थामा भेटिएको हो।

मेयर पोखरेलको पहिलो निर्णयः विपन्नलाई निशुल्क बिमा गर्ने

स्वास्थ्य उपचारका लागि सहज पहुँचका लागि निशुल्क स्वास्थ्य विमा अतिविपन्नलाई गर्ने योजना नगरपालिकाले अगाडि सारेको हो। आगामी नयाँ आर्थिक बर्षदेखि लागुहुने गरि यो योजना ल्याइएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए।

म शासक होइन सेवक बन्छुः नवनिर्वाचित मेयर

कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले आफू जनताको सेवक बन्ने बताएका छन्। मेयर पोखरेलले सिन्धुलीको कमलामाई नगरपालिका ३ जलकन्यामा रहेको रक्तमाला मन्दिरलाई साँची राखेर जनताको सेवक बन्ने प्रण गरेका हुन्।

इलाम माईको मेयर-उपमेयरमा एमाले विजयी

इलामको माई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले) का मेयर र उपमेयर विजयी भएका छन्। मेयरमा खम्बासिंह लिम्बू र उपमेयरमा हिमा भण्डारी विजयी भएका हुन्।

एकै पटक चार स्थानमा मतगणना गर्ने तयारी

सिन्धुलीमा चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको छ। कमलामाई नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र एकैपटक चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको हो।

लागुऔषधसहित दुई जना पक्राउ

सोमबार साँझ सुनवर्षी र रतुवामाई नगरपालिका क्षेत्रबाट २ जनालाई लागुऔषध र प्रतिवन्धित औषधिसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

श्रीमती र छोरीको टोकेर हत्या

आफू धामी भएको भन्दै चिन्ता बस्नेक्रममा पत्नी र छोरीको टोकेर हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

इलाममा ८ को मृत्यु, ७ बेपत्ता

करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।

विद्यालय संरचनाको साढे चार करोड बेरुजु

शिक्षा विकास तथा समन्वय इकाईले एउटै विद्यालयबाट २० लाख रूपैयाँसम्म बेरुजु बाँकी रहेको जनाएको छ। लामो समय बेरुजु फस्र्योट नभएपछि इकाई कार्यालयले विद्यालयको नाम र बेरुजु रकमको सूचीसमेत सार्वजनिक गरेको छ। केही महिनाअघिसम्म कार्यालयले विद्यालयमा भएका भौतिक निर्माणको झन्डै ९ करोड रूपैयाँ बेरुजु फस्र्योट गर्न बाँकी थियो।

मलाई तराईमा पस्न नदिए पनि पानी पसाइदिन्छु : प्रधानमन्त्री ओली

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीमा देखापरेको विभाजनप्रति लक्षित गर्दै पिलो निचोरिँदैमा शरीरको ओजन नघट्ने बताए। उनले केहीकेही पिलो निचोरिएर तथा उछिट्टिएर जाने भएकाले चिन्ता नगर्न कार्यकतालाई आग्रह गरे। उनले पार्टी एकताको प्रयासमा प्रहार भएको भन्दै हावाहुरीले हाँगा भाँच्ने र केहीकेही ठाँउमा पहिरो खस्ने बताए।

स्थानीय सरकारको भ्यू टावर मोह : सिन्धुलीको कमलामाईले बनायो 'रुख टावर'

नगरपालिकाको पर्यटन पुर्वधार कार्यक्रम अनुसार ३० लाख रुपैयाँमा फलामको भ्यूटावर सहित प्रतिक्षालय, पोलिथिन खानेपानी ट्याङकी र १३ ओटा सिटिङ कुर्सी निर्माण गरिएको नगरपालिकाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्