coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोरङमा ९४ तोला चाँदीसहित एक पक्राउ

मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीको तार बनाइ ल्याइरहेको अवस्थामा शर्मालाई पक्राउ गरेको हो। चाँदीसहित आवश्यक कारबाहीका लागि उनलाई भन्सार कार्यालय विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७८ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App