९ असार २०८१ आइतबार
image/svg+xml
समाज

गोलीकान्डका पीडितले गुहारे पत्रकार

बाटो विस्तारका क्रममा दिउँसै गोली हानी हत्या गरेको र हत्यामा संलग्न रहेकालाई अदालतले धमाधम रिहा गरेपछि घटनाका पीडितहरू पत्रकारको शरणमा पुगेका छन्।

गत वैशाख २ गते शनिबारका दिन रौतहटको गढीमाई नगरपालिका-८ धोबिनियामा सडक विस्तारका क्रममा गोली प्रहारबाट एकजनाको मृत्यु भएको र चारजना घाइते भएको घटनाका पीडितले आइतबार पत्रकार सम्मेलन गर्दै अदालतले न्याय नदिएको र आफूहरू झन् अन्यायमा परेको बताएका छन्।

घटनामा तत्काल पाँच जनालाई प्रहरीले पक्राउ गरेकामा तीनजनालाई अदालतले धरौटीमा रिहा गरिसकेको र रिहा भएकाहरूले फेरि गाउँमा धम्की दिइरहेको पीडितले पत्रकार सम्मेलनमा बताएका छन्।

हत्या गर्ने र हत्या षड्यन्त्र गर्ने तथा मृतक र घाइतेलाई घेरा हाली गोली प्रहारमा सहयोग गरेको भिडियोसमेत रहेको अवस्थामा अदालतले दोषी करार गरी हदैसम्मको सजाय दिनुपर्नेमा अदालतले रिहा गरिदिएपछि आफूहरू थप अन्यायमा परेको पीडितको दाबी छ।

बाटो विस्तारका क्रममा दिउँसै गोली हानी हत्या गरेको र हत्यामा संलग्न रहेकालाई अदालतले धमाधम रिहा गरेपछि घटनाका पीडितहरू पत्रकारको शरणमा पुगेका छन्।

पत्रकार सम्मेलनमा पीडितहरूले बताएअनुसार जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले जन्मकैदको सजाय हुनुपर्ने माग दाबी गरेको र प्रहरीको बयानमा झगडामा संलग्न रहेको बकपत्र गरेकोलाई पनि रौतहट जिल्ला अदालतमा पेस हुँदा अदालतले धरौटीमा रिहा गरेको छ।

अदालतबाट रिहा हुनेहरूले नै घटनामा संलग्न रही अहिलेसम्म फरार रहेका राम ईश्वर राय यादव र राजेश्वर राय यादवलाई मिलेर भगाउने काम गरिएको आरोप पीडितहरूको रहेको छ।

प्रकाशित: १ जेष्ठ २०८० ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App