२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रुसको राष्ट्रपतिमा पुटिनको निरन्तरता कायमै

तीन दिनसम्म भएको राष्ट्रपति निर्वाचनमा पुटिनले झन्डै ८८ प्रतिशत मत हासिल गरेर जित हात पारेका छन्।

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ।

रोल्पामा माओवादीका बर्षमान पुनको अग्रता

रोल्पामा पहिलो चरणको मतपरिणाम आएको छ। प्रतिनिधि सभा तर्फ १ हजार १६ मत गणना भएकोमा माओवादीका बर्षमान पुनले ६ सय ९० मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले २ सय ८ मत ल्याएका छन्।

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

पाँच सदस्यको मतपरिणाम सार्वजनिक, को को भए विजयी (अपडेट)

राष्ट्रियसभाका पाँच सदस्यको परिणाम सार्वजनिक भएको छ। बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा सुरुमा माओवादीका खिमबहादुर विक दलिततर्फबाट विजयी भएका थिए । उनले कुल ३ हजार ३ सय ९६ मतभार ल्याएका छन्। प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीत बहादुर नेपालीले भने २ हजार २ सय ९८ मतभार ल्याएका थिए । उक्त पदमा ६ मत बदर भएका थिए।

निर्वाचन आयोग पुगेर वाम नेताले सोधे- 'प्रतिनिधिसभातर्फको मतपरिणाम कहिले सार्वजनिक गर्ने'

बाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेको छ। सोमबार निर्वाचन आयोगका आयुक्तहरुलाई एमाले उपाध्यक्ष भीम रावल. नेता सुवासचन्द्र नेम्वाङ, माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुनलगायतले भेटेर मतपरिणाम सार्वजनिक गर्न माग गरेका हुन्।

प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?

प्रदेशसभाअन्तर्गत प्रदेश नम्बर ३ को समानुपातितर्फको मतगणना सकिएको छ। निर्वाचन कार्यालयले उपलब्ध गराएको परिणामअनुसार सबैभन्दा धेरै नेकपा एमालेले ६ लाख ६७ हजार २७६ मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ५१ हजार २८० मत ल्याएको छ। त्यस्तै तेस्रोमा माओवदी केन्द्रले ३ लाख १५ हजार ३२ मत ल्याएको छ।

मतपरिणामको ताजा अपडेट [LIVE]

मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना सार्वजनिक भइरहेका छन्। त्यस्तै बिहीबार सम्पन्न चुनावको मतगणना प्रक्रिया सुरु हुँदैछ। चुनावको पछिल्लो मतपरिणाम अपडेटमा हामी निरन्तर लागिरहेका छौं। मतपरिणाम हेर्न हाम्रो ट्रविरमा जोडिन सक्नुहुन्छ।

यस्तो छ महोत्तरीको ८ तहको अन्तिम मतपरिणाम

शुक्रबार बिहानसम्मको मतगणना परिणामअनुसार नेपाली कांग्रेसले ३, माओवादीले २, राजपाले २ र संघीय समाजवादी फोरमले एक स्थानीय निकायमा विजयी भएका छन्।

यस्तो छ सिम्रौनगढको पछिल्लो मतपरिणाम

सिम्रौनगढ नगरपालिकाको दुई वटा वडाहरुबाट शुरु गरिएको मतगणनाको पछिल्लो परिणाममा ११ नं. वडामा संघीय समाजवादी फोरमका उम्मेदवार अगाडी छन भने ४ नं. वडामा काँग्रेसका उम्मेदवार अगाडी देखिएका छन्।

चार महानगरसहित ११ स्थानको मतपरिणाम आउन बाँकी

स्थानीय तह पहिलो चरण अन्तर्गत भएको निर्वाचनको अब ११ स्थानको मतपरिणाम आउन बाँकी छ। कूल २८३ मध्ये २७२ स्थानको परिणाम सार्वजनिक भएको हो।

४ महानगरपालिकाका उपमेयरको यस्तो छ मतपरिणाम

स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।

जिरी नपामा एमाले विजयी, दोलखाको मतपरिणाम यस्तो छ

जिरी नगरपालिका मेयर तथा उपमेयरमा एमाले विजयी भएको छ। मेयरमा एमालेका टंक जिरेल ३२१२ मत पाएर विजयी भएका हुन्। दोस्रो हुने माओवादी केन्द्रका गोल्बु शेर्पाले २१०६ मत ल्याए।

नुवाकोटमा १८ वडाको मतपरिणाम सार्वजनिक, काँग्रेसको अग्रता

२ नगरपालिका र १० गाउँपालिकामा रहेको नुवाकोटमा मतगणना जारी छ । ८८ वडा मध्ये १८ वडाको नतिजाले अन्तिम रुप लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्