२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोल्पामा माओवादीका बर्षमान पुनको अग्रता

रोल्पामा पहिलो चरणको मतपरिणाम आएको छ। प्रतिनिधिसभा तर्फ १ हजार १६ मत गणना भएकोमा माओवादीका बर्षमान पुनले ६ सय ९० मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले २ सय ८ मत ल्याएका छन्।  

त्यसै गरि राप्रपा नेपालका रामबहादु वलीको ८१ मत आएको छ। प्रतिनिधिसभा तर्फ १ सय ३५ मत बदर भएको छ।

प्रदेश तर्फ (क) तर्फ ६ सय ५ मत गणना गर्दा माओवादीका जोखबहादुर महराले ३ सय ७० मत ल्याएका छन्। एमालेका कमलबहादुर बुढाथोकीले १ सय ६ मत ल्याएका छन् भने राप्रपाका पदमबहादुर थापाले ७१ मत ल्याएका छन्।  

प्रदेश (ख) तर्फ ३ सय १ मत गन्दा कांग्रेसका अमरसिंह पुनले ७९ मत ल्याए भने स्वतन्त्र उमेद्वार दीपेन्द्र कुमार पुनले १ सय ४४ मत ल्याएका छन्। त्यस्तै एमालेका प्रेम बहादुर घर्तीले ६८ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App