१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसको राष्ट्रपतिमा पुटिनको निरन्तरता कायमै

रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिनको निरन्तरता कायमै रहने भएको छ। तीन दिनसम्म भएको राष्ट्रपति निर्वाचनमा पुटिनले झन्डै ८८ प्रतिशत मत हासिल गरेर जित हात पारेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार आइतवार मतदान सम्पन्न भएपछि सार्वजनिक गरिएको मतपरिणाममा पुटिनले ८७.९७ प्रतिशत मत प्राप्त गरेका छन्। योसँगै उनी रुसको पाँचौ पटक राष्ट्रपतिमा निर्वाचित भएका छन्।

१९९९ मा पहिलोपटक सत्तामा आएका पुटिन आगामी ६ वर्षका लागि कार्यकाल सम्हाल्ने छन्।

७१ वर्षीय पुटिनलाई रुसमा कडा टक्कर दिने बलियो प्रतिद्वन्द्वी नभएका कारण उनलाई सत्तामा आउन सहज भएको छ।

प्रकाशित: ५ चैत्र २०८० ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App