भगवती लामा
नुवाकोट- ५ गाउँपालिका रहेको रसुवामा अहिले सम्म ४ हजार १ सय ८९ मत गनेर सकिएको छ। अन्तिम नतिजा अनुसार गोसाइकुण्ड गाउँपालिकामा गनिएको २ सय ०८ मतमा नेकपा एमालेका प्रमुख कैसाङ नुर्पु तामाङले १ सय १५, उपप्रमुख कारग्याल्मो श्रेष्ठले १ सय १४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस प्रमुख पेम्वा छिरिङ तामाङले ६९ र उपप्रमुख देकी तामाङले ६२ मत प्राप्त गरेका छन्। यस्तै नेकपा माओवादी केन्द्र उपप्रमुख फुर्वा तामाङले ७ र नयाँ शक्ति प्रमुख कामी बुटी तामाङले १ र उपप्रमुख नुर्पु सिङ्गी तामाङ २ मत प्राप्त गरेका छन्।
पार्वतीकुण्ड गाउँपालिकामा जम्मा ४९० मत गनेर सकिएको छ। अन्तिम नतिजा अनुसार नयाँ शक्तिका प्रमुख बुचुङ तामाङले २ सय ९३, उपप्रमुख संगिता तामाङले १ सय ६२ मत प्राप्त गरि अग्रस्थानमा छन्। नेकपा एमाले प्रमुख लाक्पा गोम्वो तामाङ ६९, उपप्रमुख नविना लामा १ सय ०९, नेकपा माओवादी केन्द्र प्रमुख – फुर्पु तेन्जिन तामाङ ६४, उपप्रमुख तारा तामाङले ८३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस प्रमुख अभिनास तामाङ ९ र उपप्रमुख छेन्जुम तामाङले २२ मत प्राप्त गरेका छन्।
१ हजार ५९ मत नौकुण्ड गाउँपालिकामा गणना गरिसक्दा नेपाली कांग्रेस प्रमुख नुर्पु साङ्वो घलेले ३ सय ८२, नयाँ शक्तिका प्रमुख भूमे लामाले १ सय ७८, उपप्रमुख युटि लमिनीले २ सय ११ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालको प्रमुख म्लाङदुङ मोक्तनले ५७, उपप्रमुख सृजना लामाले ७०,नेकपा माओवादी केन्द्रका उपप्रमुख केशब प्रसाद पौडेलले १ सय ३५ मत र स्वतन्त्र उम्मेदवार लक्षिन नुर्पु तामाङ ले ९ मत प्राप्त गरेका छन्।
कालिकागाउँपालिकामा ९ सय मत गनिसक्दा नेकपा माओवादी केन्द्र प्रमुख उद्धव प्रसाद रिजालले २ सय ८७ उपप्रमुख शिला मगरले ३ सय ९९, नेकपा एमालेका प्रमुख सिता कुमारी पौडेलले २ सय ७२ उपप्रमुख भवानीप्रसाद न्यौपानेले ३ सय २३, नेपाली कांग्रेसका प्रमुख साधुराम पौडेलले २ सय २, उपप्रमुख सावित्रीदेवि केसीले ६४ मत प्राप्त गरेका छन् भने नयाँ शक्तिका प्रमुख कृष्ण बहादुर तामाङले ९३, उपप्रमुख सरिता न्यौपानेले ४४, राप्रपाका प्रमुख टिका प्रसाद देवकोटाले ४ र उपप्रमुख चित्रकुमारी देवकोटाले ५ मत प्राप्त गरेका छन् ।
रसुवामा रहेको अन्तिम गाउापालिका उत्तरगयामा १५ सय ३२ मत गणना गरिसक्दा नयाँ शक्ति प्रमुख इन्द्र प्रसाद सापकोटाले ४ सय २८ उपप्रमुख चमेली विकले २ सय ७४, नेकपा एमाले प्रमुख असोक घिमिरेले ४ सय ६६ उपप्रमुख चमेली गुरुङ्ले ६ सय २४, नेपाली कांग्रेस प्रमुख उपेन्द्र कुमार लम्सालले ४ सय २४ उपप्रमुख पम्फादेवि तिमिल्सीनाले ४ सय ६ र नेकपा माओवादी केन्द्रका प्रमुख मेघनाथ घिमिरेले १ सय १२ उपप्रमुख र रेणु माया गुरूङ ९६ मत प्राप्त गरेको सम्वन्धीत मतदान अधिकृतहरुले जानकारी दिए।
प्रकाशित: १ जेष्ठ २०७४ ११:२१ सोमबार