१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

यती एयर दुर्घटना: गोष्ठि–बैठकदेखि पाहुनाको यात्रा नै रोकियो

आन्तरिक उडानतर्फ ठुलो संख्यामा मानवीय क्षति हुने गरि पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछिको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ। उक्त हवाई दुर्घटनामा १५ जना विदेशी पाहुना सहित ७२ जनाको ज्यान गएको थियो। घटनापछि पोखरा आउने विदेशी पाहुनाको आगमन प्रभावित भएको र दुर्घटनाको असर आन्तरिक पाहुनाको आगमनमा समेत परेको व्यवसायीले बताएका छन्।

६ लाख बढी पर्यटक भित्रिए

सन् २०२२ मा ६ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल भ्रमणका लागि आएका पर्यटकको संख्याको आधारमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पर्यटनको लगानीमा बढाएको हौसला

पोखराका धेरै पर्यटन व्यवसायीले अहिले पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन। ती सबै व्यवसायी पोखरा अन्तर्राष्ट्रिय यो विमानस्थलप्रति निकै नै आशावादी छन। व्यवसायीले लगानी बढाउन चाँसो दिनुमा यहाँको अन्तर्राष्ट्रिय विमानस्थल मुख्य कारण बताउँदै आएका छन्। व्यवसायीले अहिलेभन्दा बढी संख्यामा पर्यटक भित्र्याउन विमानस्थलले सघाउने बताएका छन्। कतिपय व्यवसायीले पूर्णरुपमा नयाँ संरचना बनाईरहेका छन् भने केहीले भने लगानीको आकार बढाइरहेका छन्।

वाग्मती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

वाग्मती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू-रासायनिक चक्रु को प्रवर्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ।

जाँदाजाँदै ३० करोड अनुदान बाँड्न अर्थमा प्रस्ताव

स्रोत भन्छ, ‘अर्थ मन्त्रालयले सहमति दिन ढिला गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले उच्च कर्मचारीलाई ताकेता गरिरहेका छन्।’ नयाँ सरकार गठन हुन लागेका बेला यसरी अनुदान रकम बाँड्दा राम्रो सन्देश नजाने एक कर्मचारीले बताए।

पर्यटनको विकासका लागि तीन तहकै सरकारले एकतावद्ध भइ काम गर्न आवश्यकः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन था नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तीन तहकै सरकारले एकतावद्ध भएर काम गर्नसके मात्रै पर्यटन क्षेत्रको विकास हुने बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु भएको छ।

विश्वकप फुटबलः रातभर जागा छ पर्यटन बजार

बारका कर्मचारी यतिबेला अति नै व्यस्त छन्। कारण–राती अबेरसम्म विश्वकप फुटबलका खेल हेर्न आएका पाहुनाका लागि खानपिन र बस्ने सिट व्यवस्थापन गर्दै कर्मचारीलाई भ्याई न भ्याई हुन्छ।

निगमको नेतृत्वले क्षमता विकास गर्न सकेनः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन्।

नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक छ: मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताएका छन्।

अवकाश पाउने दिन संरक्षित क्षेत्रमा केबुलकार बनाउन बाटो खुला

स्रोतका अनुसार कँडेलले कडिकडाउ गरेर वातावरण शाखाबाट फाइल मगाएका थिए। ‘सचिवज्यूले मंसिर १३ गते कडिकडाउ गरेर फाइल माग्नुभयो। त्यसपछि त्यो फाइल हाम्रो शाखामा आएको छैन।

लुम्बिनीमा पर्यटक आगमन बढ्दै

पर्यटन आगमनको बृद्धि संगै कोराना महामारीले थलिएको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विस्तारै गती लिन थालेको छ।

पर्यटन प्रवद्धर्न गर्न गोरखामा शाहकालिन परेड प्रदर्शन गरिने

जिल्लामा भित्रिएका पर्यटकको बसाई अवधि बढाउनका लागि गोरखामा पृथ्वीनारायण शाहकालिन फौजको झल्को दिनेगरि परेड प्रदर्शन गरिने भएको छ। परेडले जिल्लामा भित्रिएका पाहुनालाई केही समय भुलाउन सघाउने गोरखा नगरपालिकाको भनाई छ।

हिमाल आरोहणमा दोब्बर राजस्व

नेपाल पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गतवर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ।

कोभिड महामारीपछि जुर्मुरायो सिकलेसको पर्यटन

पछिल्लो समय कपुचे ताल र कोरी जाने पर्यटकको संख्या ह्वातै बढ्दा सिकलेस प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्