२ असार २०८१ आइतबार
image/svg+xml

सात महानिर्देशक अनुसन्धानको घेरामा

आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ‘त्यसमा के भएको हो, सबै विवरण पठाउनू’ भन्दै चासो राखेको हो।

कतै तपाईँको लाइसेन्स त नक्कली होइन! लिखित र ट्रायल उत्तीर्ण गरेर लिएको हो?

सात वर्षयता वितरण गरिएका करिब ४० लाख स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमतिपत्र) मध्ये ७३ हजार ५८४ वटा शंकास्पद देखिएका छन्।

घरमै लाइसेन्स पुर्‍याइदिने काममा यातायात व्यवस्था विभागका कर्मचारी संंलग्न

लाखौं नागरिकले ट्रायल पास गरेर पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमतिपत्र) नपाउने तर बिचौलियामार्फत ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स पुर्‍याइदिने काममा विभागकै कर्मचारीहरूको संलग्न रहेको अध्ययन प्रतिवेदनले खुलासा गरेको हो।

सवारी ‘लाइसेन्स’ मा ‘धक्का’ देऊ प्रधानमन्त्री!

प्रधानमन्त्री दाहाल ज्यू यो लाजमर्दो भएन र? कहिलेसम्म बहाना बनाएर जनतालाई बेवकुफ बनाउने हो?

६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा

लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी चालक अनुमति पत्र नवीकरण गरेका सवारी चालकहरू चर्को मारमा परेका छन्।

मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको ‘लाइसेन्स’ निलम्बन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको ‘लाइसेन्स’ निलम्बन गरेको छ।

स्मार्टको लाइसेन्स सकार्न सहजीकरण

सरकारले स्मार्ट टेलिकमको लाइसेन्स खरिद गर्न स्वेदशमा सञ्चालित टेलिकम प्रदायक संस्थालाई सहज हुने गरी नियमावली संशोधन गरेको छ ।

मदिरा खान लाइसेन्स !

जुम्लाको गुठिचौर गाउँपालिकाभित्र मदिरा खान लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधि बनाएर गाउँपालिकाले तोकिएको मापदण्ड पूरा गरेपछि मात्र बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न पाउने प्रमाणपत्र (लाइसेन्स) दिनुपर्ने व्यवस्था गरेको हो।

लाइसेन्स बनाइदिने भन्दै सुनको औठीसहित चार लाख तीस हजार ठग्ने २ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने भनि दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

स्मार्टको लाइसेन्समा एनसेलको चलखेल

एनसेलको लाइसेन्स ६ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्नेछ। त्यसलाई छल्न एनसेलले सस्तोमा स्मार्टको लाइसेन्स खरिद गर्न खोजिरहेको छ।

रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स)को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

चारसय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ। विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो।

'परीक्षणकालीन लाइसेन्सलाई नै स्थायी लाईसेन्स बनाऔं’

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली मगरले बुधकार छड्के अनुगमन गर्ने क्रममा कार्यालय प्रमुख जितेन्द्रजंग केसीले अस्थायी अनुमति पत्रलाई नै स्थायी मान्यता दिने वातावरण बनाउन आग्रह गरेका छन्।

इन्जिनियर लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण

इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी १९८१ परीक्षार्थीमध्ये ५ सय ६५ जना मात्र उत्तीर्ण भएका छन् ।

सवारी अनुमति पत्र अब ३ दिनमै दिन्छौँ : मन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) चालकले ३ दिनमै पाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्