४ पुस २०८१ बिहीबार
image/svg+xml

कोरोनापछिको पर्यटन:नेपालको पर्यटनमा ९६.३ प्रतिशत ‘रिकभर’

विश्वव्यापी रुपमा पर्यटन क्षेत्रमा कोभिडको प्रभाव कम हुँदै जाँदा नेपालमा पनि आगमन बढ्दै जाँदा सन् २०२४ को नोभेम्बरसम्मको आगमनमा ९६.३ प्रतिशत रिकभर भएको पर्यटन बोर्डले बताएको छ। बोर्डको अनुमानमा नेपालको अहिलेसम्मको आगमन र यो वर्षको सम्भावित आगमन संख्यालाई विश्लेषण गर्दा २०२४ मा ९५ प्रतिशत मात्र सुधार हुनेछ।

कोशी र मधेशमा गण्डकीको पर्यटन प्रर्वद्धन

पोखरामा आन्तरिक पर्यटकको आगमन बढाउने उद्देश्य सहित नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले अन्तरप्रदेश पर्यटन प्रर्वद्धन अभियान सुरु गरेको छ। कोशी र मधेस प्रदेशका विभिन्न सहरमा पर्यटन प्रर्वद्धन गर्ने नाट्टाको योजना छ।

नेपाल पर्यटन बोर्डः पाँच महिनापछि बजेट, पर्यटन प्रर्वद्धन कहिले ?

नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धनको मुख्य जिम्मेवारी लिएको पर्यटन बोर्डले मंसिर ५ गते बल्ल आर्थिक /वर्ष २०८१/८२ को बजेट पास गर्यो। समयमै बजेट आएको भए गत असार २६ गतेभित्रै यो आर्थिक बर्षको बजेट पास भइसक्थ्यो। तर, झन्डै ५ महिनापछि बजेट पास हुँदा त्यसले पर्यटन प्रर्वद्धनको बजारीकरणमा असर परेको गुनासो पर्यटन क्षेत्रको छ।

पर्यटक आगमन: १३ लाख २० हजारको लक्ष्य कठिन

पछिल्लो समय घटेका विपद्का घटनाक्रम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाइनु, चिनियाँ बजार सुस्ताउनु लगायतका कारणले विदेशी पाहुनाको आगमन प्रभावित हुँदै जाँदा योवर्ष सर्वाधिक पर्यटक भित्र्याउने लक्ष्य पुरा हुन कठिन रहेको पर्यटन बोर्डको भनाई छ।

पोखराका पर्यटन व्यावसायीको गुनासो: कुनैबेला कोठाको लागि भनसुन चल्थ्यो, अहिले सुनसान

कोरोना भाइरस संक्रमण सुरु हुनुअघिका वर्ष पोखरामा यतिबेला पाहुनालाई होटलमा कोठा पाउन हम्मेहम्मे हुन्थ्यो। आन्तरिक र बाह्य पाहुनाको चाप यति धेरै हुन्थ्यो की व्यावसायीलाई पाहुना व्यवस्थापनमा समेत सकस पर्दथ्यो। व्यावसायीलाई यतिसम्मको दवाव पर्दथ्यो की पाहुनालाई आफ्नो होटलमा कोठा नपुगेपछि अन्यत्र राख्नुपर्दथ्यो। तर, अहिले त्यही सिजनमा पोखराका होटल व्यावसायीलाई फुर्सदिलो बनाएको छ।

पर्यटन क्षेत्र अन्योलग्रस्त

पछिल्लो पटकको विपद्ले पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्ड छियाछिया छ। राजमार्गका ठाउँठाउँमा पहिरो खस्दा यात्रा समय अनिश्चित छ। चाँडबाँड मान्न घर फर्किन थालेका र नेपाल घुम्न भनेर टाढाटाढाबाट आएका विदेशी पाहुना अहिले मारमा छन।

पर्यटन दिवसः वर्षाले पर्यटकीय गतिविधि हुनै पाएनन्

‘पर्यटन र शान्ति’ भन्ने मूल नाराका साथ शुक्रबार ४५ औं विश्व पर्यटन दिवस मनाइरहँदा सबैखाले पर्यटकीय गतिविधि वर्षाका कारण प्रभावित भएका छन्। विहीबार बेलुकीदेखि सुरु भएको वर्षाले सबैतिरका पर्यटकीय गतिविधि प्रभावित भएको पर्यटन व्यावसायीले बताएका छन्। पर्यटकको आउजाउ रोकिएको छ भने निर्धारित कार्यक्रम पनि स्थगित भएका छन्।

पोखरा: पर्यटनको राजधानीलाई डेंगीको सकस

पर्यटनको राजधानी पोखरा अहिले डेंगी संक्रमणले ग्रसित छ । गण्डकी प्रदेशमा अहिले कास्कीमा सबैभन्दा बढी संक्रमित छन्। कास्कीमा पनि पोखरा महागरका चारवटा वडा बढी प्रभावित छन्। स्वास्थ्य कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–५, ८, ९ र १७ नम्बरमा अहिले संक्रमण ह्वात्तै बढेको छ।

पर्यटन क्षेत्रः मुख्य सिजनको बुकिङ कमजोर

पदयात्रा र हिमाल आरोहणका लागि उपयुक्त हुने भएकोले यो बेला विदेशी पाहुना नेपाल आउन चाहन्छन्। घुमघामका लागि मौसम अनुकुल हुने भएकोले पनि विदेशीको नेपाल आउने चाहना हुन्छ। तर, यो पटक पर्यटन क्षेत्रमा सिजनका लागि आउने पाहुनाको उत्तिसारो बुकिङ छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: दिगो संचालनका लागि पर्यटन क्षेत्रको भूमिका के ?

सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालिन संचालनलाई सहज हुनेगरि छुटको प्याकेज घोषणा त गर्यो। तर, सरकारको घोषणाले मात्र विमानस्थल संचालनमा सहज नहुने र त्यसमा प्रदेश सरकार र पर्यटन क्षेत्रको पनि उत्तिकै भूमिका हुने जानकारहरुको भनाई छ। पर्याप्त पाहुना तान्नेगरि आकर्षक प्याकेज बनाउन र बजारीकरण गर्नमा निजी क्षेत्रले ढिलाइ गर्न नहुने उनीहरुको सुझाव छ।

पोखराका पर्यटन व्यावसायी भन्छन्ः काठमाडौंका यात्रुलाई पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडाउने चाहना छ

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्नेगरि सरकारले ती विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिलाई विशेष किसिमको सहुलियत दिने निर्णयसँगै पोखराको पर्यटन क्षेत्र पुन आशावादी बनेको छ।

पर्यटन क्षेत्रको चिन्ता: हवाई दुर्घटनाले आगामी सिजन प्रभावित हुन सक्छ

दुईसाता अवधिमा समग्र मुलुकलाई नै स्तब्ध बनाउनेगरि दुईवटा हवाई दुर्घटना हुँदा त्यसको दीर्घकालिन असर पर्यटन क्षेत्रमा पर्ने व्यावसायीको चिन्ता छ। दुइसाता अवधिमा भएका दुर्घटनामध्ये हेलिकप्टरमा चारजना चिनियाँ नागरिक परेका थिए। नेपाल घुम्न आएका पर्यटक नै हेलिकप्टर दुर्घटनामा परेको सन्देश प्रवाह हुँदा पर्यटन क्षेत्र झनै मारमा परेको व्यावसायीको भनाई छ।

‘डुलुवा’ टोलीको पर्यटन प्रर्वद्धन कास्कीदेखि कन्याकुमारीसम्म

पर्यटन प्रर्वद्धन लागि ‘डुलुवा’ टोली आज भारतमा भ्रमणमा निस्केको छ। पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रर्वद्धन गर्ने गरि एकमहिने भारत भ्रमणमा निस्केको हो।

पर्यटन क्षेत्रको चिन्ताः न बाटो, नत आकाश सबैतिर असुरक्षा

पछिल्लो समय सार्वजनिक यातायातका क्षेत्रमा दुई ठुला दुर्घटना घटे। हवाई र स्थलमार्गको यातायात क्षेत्रमा भएका यी दुर्घटनापछि यतिबेला सबैतिर प्रश्न उब्जेको छ–नेपालमा स्थल र हवाई दुवैखाले मार्गको यात्रा जोखिमपूर्ण बन्यो। सामाजिक सञ्जालदेखि सबैतिर यतिबेला स्थल र हवाईमार्गको सुरक्षा र जोखिमबारे टिप्पणी गर्न थालेका छन्। अझ पर्यटन क्षेत्रले त झनै यी ठुला दुर्घटनाले ठूलो असर पार्ने भन्दै गुनासो गरेको छ।

एसटीएलआरपी कार्यक्रम:दशहजार मजदुरलाई अल्पकालिन रोजगारी

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) कार्यक्रम मार्फत करिब १० हजारजना पर्यटन मजदुरले अल्पकालिन रोजगारी पाएका छन्। त्यस्तै करिब चारहजार जनाको क्षमता अभिवृद्धि गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्