४ पुस २०८२ शुक्रबार
image/svg+xml

विदेश बस्ने नेपालीलाई मताधिकार दिन माग

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दलहरूका बिचमा गोलमेच सम्मेलन गरी विदेशमा रहेका नागरिक तथा बेजिल्ला मताधिकारका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने बताए।

अमेरिकाको एपस्टाइन फाइल : विवरण आज खुलासा हुँदै

संयुक्त राज्य अमेरिकामा भएको कुख्यात एपस्टाइन यौन काण्डसँग सम्बन्धित फाइलहरू आज सार्वजनिक हुने तयारीमा छन्।

अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन तयारी पूरा : ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिँदै

कार्यक्रममा पाँचजना विदेशी विज्ञसहित नेपालका नाम चलेका अन्य १२ जना गरी १६ जना प्लेनरी स्पिकरका रूपमा रहेका छन्; जसमा दुई जनता कलेजकै प्राध्यापक रहेका छन्।

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले/चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुई वटा विद्युत् सवस्टेसन निर्माण सुरु गरेको हो।

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ।

जेनजी विद्रोहपछि दलहरूको गति

कांग्रेस, एमाले, माओवादीलगायत परम्परागत दल र तिनका नेतालाई गाली गरेर रास्वपा उदाएको थियो। यो दल पनि परम्परागत दलजस्तै उही दलदलमा भासिएको छ। नेताहरूलाई गाली गर्दै काठमाडौंका मेयर बनेका बालेन्द्र साह पनि आलोचनामुक्त छैनन्।

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रो पटक केन्द्रीय सदस्य निर्वाचित

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल दोस्रो पटक केन्द्रीय सदस्य निर्वाचित भएकी छन्।

एन्फा यु-१६ युथ लिग : शीर्षता होड बलियो बनाउँदै मच्छिन्द्र र पुलिस

२२औं खेलबाट मच्छिन्द्रले ४९ अंक जोड्दै शीर्ष स्थानको लागि अग्रता पनि बढाएको छ। एक खेल कम खेलेका नेपाल पुलिस क्लब ४६ र मनाङ मस्र्याङ्दी ४५ अंकसहित क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।

निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ।

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स भाइरस कुखुरा तथा अन्य पन्छीमा देखिने सङ्क्रामक भाइरल रोग हो।

अध्यक्षमा ओली तेस्रो पटक : प्रतिकूलतामा पनि प्रभावशाली

देशभरका करिब ७५ प्रतिशत प्रतिनिधिले ओलीलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेपछि उनी प्रतिकूल परिस्थितिमा पनि प्रभावी देखिएका हुन्।

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ।

३९ विद्यालयले राखे नेपालीपन झल्किने नाम

गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कने गरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ।

काठमाडौंका स्पा र होटलबाट ८ बालिकाको उद्धार, यौन शोषण गराउने ५ पक्राउ

काठमाडौं उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेस्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले छापा हानेर उनीहरूलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्