१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रो पटक केन्द्रीय सदस्य निर्वाचित

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल दोस्रो पटक केन्द्रीय सदस्य निर्वाचित भएकी छन्।

मेयर ढकालले कर्णालीको भूगोलबाट महिलाबाट सर्वाधिक  १९२३ मत पाएर विजयी हुन्। ढकाल यसअघि चितवन महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन्। ढकाल अध्यक्ष केपी शर्मा ओलीको टिमबाट चुनावी मैदानमा उत्रेकी थिइन्।

उपमेयर भएका बेला नै उनी पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन्। २०७९ को स्थानीय तहको निर्वाचनमा ६ दलीय गठबन्धनलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएकी हुन्।  

राजनीति र विकासका मुद्दालाई प्रखर रूपमा उठाउँदै आएकी ढकाल कर्णालीका महिलाका समस्या समाधानका लागि कर्णालीले नै पहल लिनुपर्ने धारणा राख्छिन्। झण्डै तीन लाख मानिसको बसोबास भएको सहरको सरकार प्रमुख भएर पनि पार्टीले खटाएको ठाउँमा गएर काम सम्पन्न गर्ने र संगठन विस्तारमा उनले योगदान गरेकी छिन्। कानुनमा एलएलबी र राजनीति शास्त्रमा स्नातकोतर गरेकी ढकाललाई स्थानीय राजनीतिज्ञले कर्णालीको राजनीति आकासमा उदाउँदो ताराको रूपमा व्याख्या गर्ने गरेका छन्।

प्रकाशित: ४ पुस २०८२ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App