प्रतिनिधिसभा विघटन अराजनीतिकः प्रचण्ड
नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ।
नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ।
संविधानविद् भिमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताएका छन्।
नेपाल–खनाल समूहको मंगलबार बसेको स्थायी कमिटी बैठकले नयाँ परिस्थितिको विश्लेषण गर्दै आवश्यकताअनुसार तत्काल निर्णय लिने तर सरकार गठनमा मौन बस्ने निर्णय गरेको छ। ‘स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको सबै कोणबाट विश्लेषण भयो।
२०७४ फागुन ३ गते झन्डै दुईतिहाइ समर्थनमा प्रधानमन्त्री भएका ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेनन्। ओलीको पक्षमा जम्मा ९३ मत परेको छ। जब कि उनकै दल एमालेका १ सय २१ जना प्रतिनिधिसभा सदस्य छन्।
आफ्नो पक्षमा विश्वासको मत नपाउने निश्चित हुँदाहुँदै प्रधानमन्त्री ओलीले त्यसअघि नै पदबाट राजीनामा गर्नसक्ने स्रोतको दाबी छ। नयाँ प्रक्रियाका लागि बाटो खोल्नकै लागि प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको जनाउँदै उनी निकट स्रोतले भन्यो, ‘बिहानसम्मको परिस्थिति मूल्यांकन गरेर प्रधानमन्त्री निर्णयमा पुग्नुहुन्छ।’
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा साेमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा कांग्रेसको १४औं महाधिवेशनका सम्बन्धमा छलफल हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन। वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविकको नेकपाका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाले देशको राजनीतिलाई थप जटिल बनाएको बताएका छन्।
नेपाली कांग्रेस र जनता समाजवादी (पार्टी) नेपालका शीर्ष नेताहरुबीच भेटावार्ता हुँदैछ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बने हुने भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ । समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।
सभामुख अग्निप्रसाद सापकोटाले ३ दिनपछि प्रतिनिधिसभा विघटनबारे बोलेका छन् । बुधबार उनले विज्ञप्ति जारी गर्दै सातौं अधिवेशनको सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रूपमा प्रतिािनधिसभा अवरोध सिर्जना गरिएकोमा सिंगो प्रतिनिधिसभा र आफूलाई मर्माहत बनाएको बताएका छन् ।