१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'विश्वासको मत लिने प्रक्रिया प्रारम्भ नभई नयाँ सरकारका लागि आह्वान गर्नु असंवैधानिक'

संविधानविद् भिमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताएका छन्। आज एक ट्वीट गर्दै उनले राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन नसक्ने बताएका हुन्। यस्तै, सो कदमबाट नियत नै धारा ७६ को उपधारा (३) को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखिएको उनले बताए।

आजै मन्त्रिपरिषद्को बैठकमार्फत् राष्ट्रपति कार्यालयले सूचना प्रकाशित गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधि सभाका सदस्यलाई आह्वान गरेको हो।

प्रकाशित: ६ जेष्ठ २०७८ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App