सरकारले खोजेको उपलब्धि हासिल गर्यो
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई स्थायित्व दिने गरी सरकारले आगामी योजना तथा कार्यक्रम ल्याउने बताएका छन्। विगतमा जस्तो राजनीतिक परिवर्तनमार्फत प्राप्त उपलब्धि गुम्नेमा यसपटक शंका नगर्न उनले आग्रह गरे।
जनताले चाहेजस्तो उपलब्धि अहिलेको दुई तिहाई सरकाले दिन नसकेको सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्वीकारेका छन्।
अर्थमन्त्री युवराज खतिवडाको बेलायत भ्रमण उपलब्धिमूलक भएको अर्थ मन्त्रालयले जनाएको छ। बेलायतमा आयोजित तीनदिने लगानी सम्मेलन पूर्वको कार्यक्रम सम्पन्न गरी उनी आइतबार स्वदेश फर्किएका हुन्।
प्रदेश ५ सरकार गठन भएको शुक्रबार एक वर्ष पूरा हुँदा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन। नेकपाका प्रदेश संयोजकसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले अर्थमन्त्रीको जिम्मेवारीसमेत आफैं सम्हालेका छन्। यसरी तेहेरो जिम्मेवारीले थिचिएका कारण सरकारका कामकारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ।
क्रिकेट संघ क्यान प्रतिबन्धमा पर्दा समेत नेपालले दुईवटा ऐतिहासिक सफलता हासिल गर्नु ठूलो उपलब्धी रहेको बताउँछन्, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास। क्यान प्रतिबन्धमा रहेको बेला पनि खेलाडीले राष्ट्रका लागि खेल्दै यो सफलता हात पार्नु गर्वको कुरा रहेको दासको भनाई छ। क्यानको विवाद चाडै समाधान भई पूर्वाधार विस्तारमा होस् भन्ने उनको चाहाना दासको छ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले सरकारका गतिविधिबारे जानकारी गराउन शुक्रबार मन्त्रालयकै सभाकक्षमा पत्रकार सम्मेलन गरे। उनले कानुन निर्माण, सैद्दान्तिक सहमति प्राप्त विधेयक संख्या, कार्यविधिलगायत विषयमा चर्चा गरे। मन्त्रीले आफ्ना कुरा राखेपछि प्रदेश सरकारले १० महिनाको अवधिमा देखिनेगरी गरेका उपलब्धिबारे पत्रकारले प्रश्न गरे। प्रश्नको जवाफमा उनले भने, ‘प्रदेश सरकारले तुरन्तै देखिने गरी उल्लेख्य उपलब्धिका काम तीव्रताका साथ गर्ने आशा दिलाउन चाहन्छु।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको महत्वपूर्ण उपलब्धि भर्खरै सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण सक्रमणमा नेपालले सशक्त प्रजातन्त्र स्थापना गर्नु उदाहरणीय भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन पश्चात गरेका मुख्य कामहरुको सूची सोमबार सार्वजनिक गरेको छ। पुस्तकको रुपमा सार्वजनिक गरिएको उपलब्धिमा सवैभन्दा अगाडि सिण्डिकेट अन्त्यलाई राखिएको छ।
प्रदेश ७ मा मनोरञ्जन, धार्मिक, साहसिक, सांस्कृतिक, जैविक लगायत पर्यटनका प्रचूर सम्भावना रहेका छन्।
राजधानीमा मुख्य केन्द्रविन्दु मानिने रानीपोखरी यतीबेला झारैझारले भरिएको छ । भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माणमा साँढे दुई करोड खर्च भइसकेको छ । त्यो खर्चको उपलब्धि भने झार उम्राउनु बाहेक केही हुन सकेन।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक क्षेत्रमा हुने अनावश्यक खर्च कटौती र मितव्ययी नीतिका कारण मुलुकमा बर्सेनि १५ अर्ब रुपैयाँ बचत हुने बताएका छन्। उनले अनावश्यक विदेश भ्रमणमा रोक, सार्वजनिक क्षेत्रमा हुने खर्च कटौती र मितव्ययी नीति लागू गरिँदा यति रकम बचत हुने उनले बताएका हुन्।