१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले सार्वजनिक गर्‍यो पाँच महिनाका उपलब्धि (पुस्तक सहित)

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन पश्चात गरेका मुख्य कामहरुको सूची सोमबार सार्वजनिक गरेको छ। पुस्तकको रुपमा सार्वजनिक गरिएको उपलब्धिमा सवैभन्दा अगाडि सिण्डिकेट अन्त्यलाई राखिएको छ।

असार मसान्तसम्मका गतिविधि समेटिएको उक्त प्रतिवेदनमा यातायात सिण्डकेट अन्त्य गरी देशभर नै रुट पर्मिट खुला गरिएको उल्लेख छ।

 तस्कारमाथिको कारबाहीलाई सरकारको अर्को महत्वपूर्ण उपलब्धिका रुपमा राखिएको छ। ‘सुन तस्कारमाथि थालिएको कारबाहीबाट संगठित अपराधको सञ्जाल भत्काउने कार्यमा सफलता मिलेको छ,’ प्रतिवेदनमा उल्लेख छ। सुन तस्करीको सञ्जाल धेरै हदसम्म छिन्नभिन्न भएको दाबी सरकारको छ।

 त्यसैगरी सार्वजनिक खर्चमा मितब्ययिता र प्रभावकारिता कायम गर्ने नीतिगत मार्ग निर्देशन २०७५ मार्फत मितब्ययीता कायम गरिएको भनाइ सरकारको छ। विकास निर्माणले तीव्रता पाएको, औचित्यहीन भ्रमण नियन्त्रण भएको दाबी उक्त प्रतिवेदनमा उल्लेख छ।

ठेकेदार वा कर्मचारीको मिलेमतोमा निर्माण क्षेत्रमा ढिलासुस्ती भएको आंकलन सरकारको छ। यस्तो ढिला सुस्ति माथिको कारबाहीलाई निरन्तरता र अनुगमनमा ब्यापकता ल्याएको दाबी सरकारले गरेको छ।

सामाजिक सुरक्षा भत्ता वितरण पारदर्शी बनाएको, डुवान समस्याको दीर्घकालीन समाधान खाेजिएकाे, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन भएकाे, विकास खर्चमा वृद्धि भएकाेलगायतका कुरालाई पनि उपलब्धिको रुपमा उल्लेख गरिएको छ ।

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबास रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सम्पन्न भएकोजस्ता कुरालाई  सरकारले उपलब्धिमा राखेको छ।

प्रकाशित: २८ श्रावण २०७५ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App